दाङमा स्थानीय तह निर्वाचनमा २५ सय कर्मचारी र करिब ३५ सय सुरक्षाकर्मी खटिए

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २९ गते बिहिवार

दाङ :  बैशाख ३० गते अर्थात् शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि करिब २५ सय कर्मचारीहरू खटिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनका अनुसार ३ हजार देखि ३५ सय सम्म सुरक्षाकर्मीहरू खटिएका छन् । म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीहरू निर्वाचनका लागि खटिएको उनको भनाइ छ ।

जिल्ला स्थानीय तह सुरक्षा योजना अनुसार नै सबै सुरक्षाकर्मीहरू हाई अलटमा उच्च सतर्कता साथ कामहरू गरिरहेको पनि उनले जानकारी दिए । त्यस्तै उनले जिल्ला भारतसँग सिमाना जोडिएका जिल्ला भएकाले पनि सबै नाकाहरू सिल गरिएको पनि जानकारी दिए ।

उनले मौन अवधिमा कुनै पनि राजनीतिक दल तथा उम्मेदवारबाट कुनै पनि प्रभाव, डर त्रासको मतदातालाई वातावरण नहोस्, भन्ने कुरामा सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरू लागि रहेको पनि जानकारी दिए । त्यस्तै भोलि ( शुक्रबार ) हुने निर्वाचनको लागि मतदान स्थल निर्माणको काम अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनका लागि दाङमा व्यवस्थित बुथ निर्माण गर्ने लगायतका कामहरू भइरहेको कार्यालयले जनाएको छ । जिल्लामा १५३ वटा मतदान स्थल रहेका छन्, भने ४६१ वटा मतदान केन्द्रमा रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५ सय बढी मतदाता भएको निर्वाचन केन्द्रमा ५ जना कर्मचारी र ५ सय भन्दा कम मतदाता भएको केन्द्रमा ४ जना कर्मचारी खटाइएको छ ।

त्यस्तै प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीका अनुसार जिल्लाको सबै मतदान केन्द्रमा सामग्री पुगिसकेको छ । जिल्लामा धेरै जसो बुथहरू विद्यालयमा छन्, त्यसैले विद्यालयहरू भएकोले ओत लाग्ने, गोप्य कक्ष, बुथमा पानी नचुहिने, मतपेटिका राख्ने ठाउँ सुरक्षित रहेको पनि उनको भनाइ छ ।

जिल्लामा ४ लाख बढि मतदाता

जिल्लाका १० स्थानीय तहमा २ लाख ८०१ जना पुरुष र २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना गरी ४ लाख ९ हजार ९०२ जना मतदाता रहेका छन् । ति मध्य सबैभन्दा बढि घोराही उपमहानगरपालिकामा रहेका छन् । घोराहीमा १ लाख १२ हजार ९२७ जना मतदाता रहेका छन् ।

१० पालिका र एक सय वडामा २४ सय बढि उम्मेदवार

दुई वटा उपमहानगर र एउटा नगरपालिकाको लागि मेयर पदमा २७ जना उम्मेदवारहरू रहेका छ, भने, उपमेयरमा १७ जना रहेका छन् । त्यस्तै ७ वटा गाउँपालिका अध्यक्ष पदका लागि ६० जना, उपाध्यक्षका लागि ४८ जना उम्मेदवारहरू रहेका छन् ।

त्यस्तै एक सय वडाहरुको लागि ५५१ जना उम्मेदवारहरू रहेका छन् । त्यस्तै महिला सदस्यको लागि ४२८ जना, दलित महिला सदस्यको लागि ३७८ जना र खुला सदस्यको लागि ९०३ जना उम्मेदवारहरू रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

ति मध्ये खस आर्य वर्गबाट ८६५ जना, आदिवासी ÷ जनजातिबाट ६६३ जना, दलितबाट ४४६, थारूबाट ९३ जना, मधेसीबाट, ७५ जना, अन्यबाट ५४ जना मुस्लिमबाट १७ जना र अल्पसंख्यक वर्गबाट ३ जना उम्मेदवारहरू रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार