तुलसीपुर १७ का वडाध्यक्ष पदका उम्मेदवार चौधरीको निधन

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २७ गते मङ्गलवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका वडा– १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ।  एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो। बघौसी निवासी ५३ वर्षीय चौधरीमा मिर्गौला, कलेजोको समस्या रहेको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए।

यस अघिको कार्यकाल तुलसीपुर १७ को सडा सदस्य भएर समेत काम गरेका थिए। चुनाब प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो। त्यही क्रममा उनको निधन भएको वलीले बताए।

त्यस्तै कपिलवस्तुको महाराजगंज नगरपालिकाको उपमेयरका उम्मेदवार सुभावती कुर्मीको हृदयघातका कारण मृत्यु भएको छ। दिनभर घरदैलो कार्यक्रममा सहभागी भएर आएकी उनको सोमबार राति खाना खाएपछि एक्कासी छाती दुखे र उनलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्‍याएकी उनको गएराति ११ बजे निधन भएको नगरपालिकाका मेयर अब्दुल कलामले जानकारी दिए।

नेपाली कांग्रेस पार्टीबाट नगर उपप्रमुख पदकी उम्मेदवार रहेकी उनी २०७४ को स्थानिय तह निर्वाचनमा नगर उपप्रमुख पदमा चुनाव जितेकी थिइन्। महाराजगंज नगरपालिकामा उनीसहित उपप्रमुख पदमा नेकपा एमाले, माओबादी केन्द्र, लोकतान्त्रिक समाजबादी पार्टी सहित ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यस बारेमा निर्वाचन आयोगलाई जानकारी गराई निर्देशन अनुसारको प्रकृया अघि बढाइने मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार