मेयर कप टि–२० क्रिकेटको उपाधि त्रिशिद्धेश्वरीलाई

Author Logo..
लक्ष्मण बस्नेत  २०७९ बैशाख १० गते शनिवार


 दाङ  :  लमही नगरपालिका तेस्रो मेयर कप दाङ जिल्ला स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको २०७९ को उपाधि त्रिशिद्धेश्वरी स्पोर्ट्स  क्लब तुलसीपुरले जितेको छ ।  देउखुरी क्रिकेट क्लब को आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा दङाली स्पोर्ट्स एकेडेमी घोराहीलाई ६ रनले पराजित गर्दे त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबले उपाधि जितेको हो ।

उपाधिसँगै उसले नगद ५० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । उता फाइनलमा सम्मान जनक हार ब्यहोरेको दङ्गाली स्पोर्ट्स एकेडेमी उपविजेतामा समित रहँदै नगद ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । लमही स्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा  टस जितेर ब्याटिङ रोजेको त्रिशिद्धेश्वरीले २० ओभरको समाप्तिमा आफ्ना ६ विकेटको क्षतिमा १२५ रन बनाएको थियो  ।

जसमा समिर न्यौपानेले सर्वाधिक ३९ रनको योगदान दिए । कप्तान शंकर बूढा ३८, सुदिप नेपाली १८ र सन्जोग गिरीले १२ रनको महत्वपूर्ण पारि खेलेका थिए । बलिङ तर्फ एकेडेमीका सुमन दसौदीले २ विकेट तथा आशिष वली र विरू मगरले समान १/ १ विकेट लिए ।

दंगालीका  १२६ रनको बिजयी लक्ष्य पच्छ्याएको दंगाली स्पोर्ट्स एकेडेमी घोराही १९ दशमलव ५ ओभर मा अलआउट भयो । जसमा दंगालीका विराट सिंह भण्डारीले ४२ सुशान्त सिह थापा १६ तथा विषम थापाले २३ रन को पारि खेले । बलिङमा   त्रिशिद्धेश्वरीका लक्ष्मण बूढा र करण कुमारले शानदार बलिङ गर्दै समान ३ \ ३ विकेट लिए भने मोहन खत्रीले महत्वपूर्ण २ र सुदीप नेपालीले १ बिकेट लिए  ।

खेलमा उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चंदै  ३ महत्वपूर्ण विकेट लिने त्रिशिद्धेश्वरीका लक्ष्मण बूढा म्यान अफ द फाइनल म्याच घोषित भए । यसैबीच  प्रतियोगिताको समापन समारोह देउखुरी क्रिकेट  क्लबका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका मेयर कुल बहादुर केसीको प्रमुख आतिथ्य एवं उपमेयर देवीका  बेल्बासेको  विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अवसरमा  प्रतियोगिताको अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फ ईमर्जिङ प्लेयर र वेस्ट बलर ऋषि डिसी , वेस्ट ब्याट्सम्यान सुशान्त सिंह थापा र म्यान अफ द सिरिज मोहन खत्री घोषित भए ।

एक सात सम्म सञ्चालित प्रतियोगिताको अम्पायरको भूमिकामा इनामुद्दिन हलवाई, रमेश सिंह पुन, अमित तामाङ रहेका थिए भने स्कोरमा मधु डिसी,  र सुरज खनाल रहेका थिए । कार्यक्रमको सहजिकरण विकास भट्टराईले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार