कुबेर बहादुर शाह स्मृति खेलकुद सञ्चालन समितिको संयोजकमा  श्रेष्ठ 

Author Logo..
लक्ष्मण बस्नेत  २०७९ बैशाख ३ गते शनिवार


 दाङ  :  दाङ जिल्लामा छरिएर रहेका खेलकुद क्षेत्रका पुरानो पुस्ताका हस्ती एवं अग्रज खेलाडीहरूको वृहत भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । भेलाले समग्र जिल्लाको खेल क्षेत्रको विकास र बिस्तारमा स्वर्गीय कुबेर बहादुर शाहको अतुलनीय योगदानको उच्च  सम्मान स्वरुप दाङ जिल्ला खेलकुद विकास समितिका संस्थापक सदस्य सचिव केदार राज श्रेष्ठ संयोजक रहेको सात सदस्यीय स्वर्गीय कुबेर बहादुर शाह स्मृति खेलकुद सञ्चालन समिति गठन गरेको छ । 

जसको सदस्यमा पद्मा चौधरी, टेक बहादुर बिक, लोकेन्द्र बैरागी, सुशील श्रेष्ठ, लक्ष्मण बस्नेत र कमल खत्री रहेका छन् ।  गठित समितिले जिल्लाको खेलकुद विकासमा स्वर्गीय कुबेर बहादुर शाहको योगदान लाई सदैव जीवन्त राख्न आगामी कार्ययोजना सहितको कार्यविधि बनाएर अगाडि बढ्ने संयोजक श्रेष्ठले बताए । ‘ हामी नयाँ र पुरानो पुस्तालाई खेल विकासको मुख्य मेरुदण्डका रुपमा जोडेर अगाडि बढ्ने प्रयासमा छौ यसले जिल्लाको खेलकुदमा नयाँ आयमले  ल्याउने छ,‘ उनले भने । 

 भेलामा बोल्ने वक्ताहरूले जिल्लाको खेलकुद विकास क्रमको इतिहासमा दोस्रो पुस्ताको सिङ्गो खेलकुदलाई डोर्‍याएर  आफूलाई खेलक्षेत्रमा पूर्ण रुपमा समर्पित गरेका खेलकुद क्षेत्रका हस्ती कुबेर बहादुर शाहको योगदानको स्मरण गरेका थिए ।

सो अवसरमा पूर्व राष्ट्रिय  खेलाडी इन्द्र ध्वज बस्नेत, मान बहादुर गोल्ड स्मिथ ,चिरञ्जीवी रिजाल, गोपाल जङ शाह, पद्मा चौधरी ,भीम बहादुर डाँगी, ध्रुव शाह, ओमभक्त गिरि, टेक बहादुर बिक, सुमन घले, बिरेन्द्र कुमार शाह ,देवेन्द्र वैरागी, लोकेन्द्र वैरागी, सुशील श्रेष्ठ, शरण थापा लगायतकाले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार