दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि नि:शुल्क प्रसूति सेवा सुरू भएको छ। नवनियुक्त प्रतिष्ठानको उपकुलपति डा. विकास लामिछानेले पूर्ण रूपमा आमा सुरक्षा कार्यक्रम नि:शुल्क गरिएको जानकारी दिए। पूर्वनिर्धारित योजना अनुसार नै अस्पतालमा प्रसूति सेवा नि:शुल्क गरिएको लामिछानेले बताए।
यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम नि:शुल्क चले पनि आवश्यक जनशक्तिको अभावमा १२ बजेपछि अतिरिक्त सेवा विस्तार योजना अनुसार सुत्केरी हुन आउने महिलाहरूले सेवा लिएबापत पैसा तिर्नुपर्ने बाध्यता थियो।
अबदेखि २४ सै घन्टा नि:शुल्क प्रसूति सेवा सुरू भएको छ,’ लामिछानेले भने, ‘यसबाट सर्वसाधारण खुसी भएका छन्।’ नि:शुल्क प्रसूति सेवाको लागि जनशक्ति थपिने र तत्कालका लागि अस्पतालकै जनशक्ति परिचालन गरेर सेवा दिइने लामिछानेले जानकारी दिए । प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम पनि नि:शुल्क दिँदै आइएको छ।