सीवाईसी नेपाल लघुवित्तको आईपीओ बिक्री खुला

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २ गते शुक्रवार

काठमाडौं : सीवाईसी नेपाल लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले ३ करोड ९५ लाख  ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६  कित्ता साधारण सेयर निष्कासन भएको छ।

यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ० दशमलव ५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार