होटल पौवाले देशभर एक सय शाखा विस्तार गर्ने ( भिडिओसहित )

Author Logo..
अनलाइन राप्ती २०७८ चैत्र २९ गते मङ्गलवार

दाङ :   नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले अहिलेसम्म विभिन्न जिल्लाका १२ स्थानबाट सेवा दिँदै आएको छ ।  स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको होटल पौवा प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

उनका अनुसार होटल पौवाका शाखाहरू अहिले  लुम्बिनी प्रदेशको  स्थायी राजधानी भालुबाङ,  दाङकै लमही र घोराही, रूपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिम प्रदेशको धनगढीबाट  आफ्नो सेवा दिइरहेका छन्  ।

उनले भने,‘  हामीले पौवा किन राखेका हौँ ? भने परम्परामा बाटो हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी वा पौवा भन्ने गरिन्थ्यो । पानी पर्दा होस् वा हावाहुरी आउँदा सडक किनारमा बनेका पाटी पौवा बटुवाहरूका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो । त्यही परम्परागत नाम र नेपालीपन सहितको सेवा दिने उद्देश्यले पौवाको जन्म भएको हो ।’  त्यस्तै उनले आफूहरू लक्ष्य देशका विभिन्न स्थानमा एक सय शाखाहरूका सञ्चालन गर्ने उद्देश्य रहेको भएयता पनि कोरोना महामारीका कारण समस्या भएको  भन्दै गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीबाट पनि सेवा दिन सुरु गरेको बताए ।

त्यस्तै प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले े देशका प्रायः सबै शहर तथा पर्यटकीय स्थलहरूमा अन्तर्राष्ट्रिय गुणस्तर तथा नेपाली पहिचान सहितको सेवा दिने तयारीमा पौवाले काम अगाडि बढाएको समेत बताए ।  उनले भने,‘ हामीले भन्ने गरेका छौं ‘ होटल पौवा : जहाँबाट आतिथ्यको सुरुवात हुन्छ । स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा परिमार्जन गर्न लागेका छौं । ’

उनले नेपाली रैथाने खानालाई विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा आफूहरूको टिम लागेको पनि बताए ।  त्यस्तै उनले  सुरुवाती चरणमा विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खाना आफूहरूको  मेनुमा रहेको पनि उल्लेख गरे ।

  भालुबाङमा मात्र करिब २२ करोड लगानी

करिब ३ वर्ष पहिला लुम्बिनी प्रदेशको स्थायी राजधानी भएको भालुबाङमा सञ्चालनमा आएको होटल पौवामा करिब २२ करोड लगानी लागेको  होटल पौवा प्रालिका प्रमुख परिचालन  अधिकारी (  सीओओ  ) कृष्ण गौतमले बताए । उनले अझै धेरै संरचनाहरू बनाउने तयारी भइरहेको भन्दै लगानी बढ्न सक्ने पनि बताए ।

उनले अहिले भालुबाङमा २८ वटा कोठाहरु रहेको र ति मध्य २ वटा  भिआइपी  कोठा, र अन्य डिलक्स र नर्मल रहेको पनि उनले बताए ।  उनले यस होटल पौवा कम्पनी प्रालिमा १३० जना सेयर सदस्यहरु रहेको पनि बताए । उनले विभिन्न ठाउँमा होटल सञ्चालन गर्नको लागि कम्पनीले ३ वटा कुराहरुमा व्यवसाय शुरु गर्दै आएको बताए ।

उनले भने,‘ हामीले कुनै पनि नयाँ ठाउँमा शाखा सञ्चालन गर्दा शुरुमा हाम्रो एक सय प्रतिशत सेयरमा नै बनाउँछौँ । तर, यदि त्यहाँका  कुनै पनि लगानी कर्ताले चासो दिएरमा हाम्रो ५१ प्रतिशत र उनीहरुको ४९ प्रतिशतमा पनि हुन्छ । त्यति मात्र नभई कसैले होटल सञ्चालन गरेर विभिन्न कारणल चलाउन नसकेको अवस्थामा त्यो पनि किनेर चलाउने गरेका  छौँ । ’

यस्तै उनले नाफा मूलक भन्दा पनि सेवा पनि दिँदै आएको बताए । उनले कुनै पनि ब्यक्ति वा संस्थालाई आर्थिकका कारण होटलमा बस्नको लागि समस्या भए उनीहरुको आर्थिक अनुसार नै सेवा दिने गरेको उनको भनाइ थियो । उनले होटलको तर्फबाट नेपालीहरुको विभिन्न चाडपर्वमा विभिन्न खानेकुराहरु निःशूल्क दिने गरेको पनि बताए ।

उनका अनुसार देशमा विभिन्न चरणमा आएको कोरोना महामारीका कारण आफूहरूको व्यवसायमा धेरै असर पुगेको बताए । उनले कोरोना महामारीको समयमा होटल सञ्चालन नआएपनि कुनै पनि  कर्मचारीहरुलाई घर नपठाएको बताए । उनले भने,‘ कोरोना माहामारीले हाम्रो होटलहरु सञ्चालनमा आएकी थिएनन् । तर, हामीले हाम्रा होटलका  ४ सय बढि कर्मचारीहरुलाई विदामा घर पठाएनौँ । पौवामा जे जस्तो हुन्छ । खाउँ र काम गरौँ भनेर बसेका थियौँ ।’

पटक पटकको कोरोना महामारीका कारण सबै क्षत्रमा नोक्सान भएको भएयता पनि विशेष गरी होटल क्षेत्रमा पनि ठुलो घाटा लागेको भन्दै अझै पनि आफूहरु त्यो कुराबाट माथि उठ्न नसकेको बताए । पछिल्लो समय होटलमा पर्यटकहरु विस्तार बढ्दै गएको पनि उनको भनाइ थियो ।

अहिले बाह्य भन्दा पनि आन्तरिक पर्यटकहरु बढि आउन थालेको समेत उनले बताए । अहिले १२ स्थानका होटल पौवामा ५ सय विभिन्न किसीमका कोठाहरु रहेको र ति बाट सेवा दिइरहेको पनि उनको भनाइ थियो । त्यस्तै भैरहवामा एक सय वटा , घोराहीमा ३५ वटा कोठाहरु थप्न लागेको उनले बताए ।  त्यस्तै उनले कोरोना महामारीले गर्दा पनि देशका विभिन्न ठाउँमा होटल पौवाको शाखा संचलानमा समस्या भएको भन्दै अहिले तयारी गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार