भानु आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण

Author Logo..
अनलाइन राप्ती २०७८ चैत्र २७ गते आइतवार

रोल्पा  :  रोल्पाको  रुन्टिगढी गाउँपालिका ८ मगर गौरीमा  रहेको  भानु आधारभुत विद्यालयमा एक कार्यक्रम गरि कक्षा शिशु , १, २, ३ र ४ का ११० विद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गरिएको छ । अनलाइन टिभी पत्रकार संघ दाङ जिल्लाका सचिव एचआर मगरको पहलमा साउदीमा रहेका बेगम पुनले पठाएको ५० हजार रकमबाट उक्त विद्यालयका शिशु देखि , १, ३ र ४ कक्षाका विद्यार्थीहरूलाई स्कुल झोला र कक्षा १ र २ का विद्यार्थीलाई शैक्षिक सामाग्री गरि करिब ५० हजार बराबर सहयोग गरिएको छ । 

  विद्यालयका प्राध्यापक टेकेन्द्र घर्तिको अध्यक्षतामा एवं  वडा नम्बर ८ का वडाध्यक्ष  भीम बहादुर  पुन को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुनले बेगम पुनले जस्तै अरु युवाहरूले पनि स्कुललाई सहयोग गरेमा स्कुल को स्तरोन्नति हुने र त्यस प्रकारका सहयोगले निम्न बर्गका बालबालिकालाई पढाईमा थप सहयोग हुने बताए ।  ।

अनलाइन टिभी पत्रकार संघ दाङ जिल्लाका सचिव एचआर मगरले पनि दुर्गम क्षेत्रमा रहेको स्कुलमा आफू स्वयं आएर सहयोग गर्न पाउँदा निकै खुशी भएको र कार्यक्रमबाटै सहयोग पठाउने बेगम पुनलाई पनि विशेष धन्यवाद दिएका थिए ।

 विशिष्ट अतिथि विद्यालयका सूचना अधिकृत टिकाराम बुढाथोकी लगायत अम्बर बहादुर बहकरी , कृष्ण बहादुर  साहु, तुलसी पुन, बोम बहादुर पुन, अर्जुन रोका मगर, भानु घर्तीमगर लगायत अन्य अतिथिहरूले   मन्तव्य राखेका थिए । सहयोग स्वरुप कापी, कलम , झोला पाउँदा  विद्यार्थीहरू पनि निकै खुशी र हर्षित भएका थिए  ।  विद्यालयकी  शिक्षिका दिपा बूढा मगरले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन आरजे  शान्तरामले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार