एयरपोर्ट विस्तारको चर्चा शुरु , स्थानीय भन्छन, नेताहरुले चुनावी नारा बनाउन लागे ( भिडिओसहित)

Author Logo..
अनलाइन राप्ती २०७८ चैत्र २३ गते बुधवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका १२ एयरपोर्ट  निवासी अमर बस्नेतले नेताहरूले  अब  निर्वाचन आउँन लागेको बेला एयरपोर्टको कुरा उठाएर आफूलाई झुक्याउन खोजको बताए । उनले एयरपोर्टको बारेमा पटक पटक कुराहरू उठ्ने भएयता पनि आफूहरू अब हुन्छ,  भन्नेमा विश्वास नलाग्ने समेत बताए ।  उनले  यसलाई नै चुनावी नारा बनाउनेको लागि फेरि नेताहरू लागेको समेत बताए ।  उनले भने,‘ बेला बेलामा एयरपोर्ट विकासका लागि यस्ता कार्यक्रम हुने भाषा गर्ने मात्र काम भएको छ । हामीलाई यहाँ आएर नेताहरूले भाषामा अब छिट्टै हुन्छ, भनेर आश्वासन दिन्छन् । तर, काम हुँदैन । यो एयरपोर्ट  र तुलसीपुर अमिलिया सडकका कारण हामीले जस्तो समस्या कसैले भोगेका छैन् ।’ 


उनले सडक र एयरपोर्ट कारण आफूहरू जग्गा बिक्री समेत नभएको गुनासो गरे  । जति पनि जग्गा किन्न मान्छेहरू आउँछन् । सडक र एयरपोर्टका कारण बाटोदेखि पूर्वतर्फ किन्न मान्दैनन् । बैंकमा ऋण लिन जादा पनि बैंकले जग्गा हेरेपछि दिदैनन् । आफूहरूले धेरै समस्या भएको उनको भनाइ थियो । उनले आफ्नो ठाउँ नजिकै पर्यटकीय स्थल बनाउनको लागि सप्ताह लगाएर पैसा जम्मा गरेको र त्यो पनि एयरपोर्टका कारण बनाउन नपाउँदा पैसा बैंकमा जम्मा गरेर राखेको बताए । उनले कुनै पनि ठाउँमा सहयोग माग्न जाँदा पनि एयरपोर्टका कारणले नपाउने गरेको गुनासो गरे ।

 ‘ यस्ता कार्यक्रम यहाँ धेरै पटक भएका छन्,‘ उनले भने,‘ कहिँले आयल निगम बनाउनेको नाममा कहिँले एयरपोर्ट विस्तारको नाममा हुँदै आएका छन् । तर, अहिलेसम्म काम भएको छैन् । अब फेरि निर्वाचन शुरु हुन लागेको छ । यसलाई चुनावी नारा बनाउन लागेका छन् । हामीलाई यो एयरपोर्ट बन्छ, भन्ने आशा छैन् ।’ त्यस्तै सोही ठाउँका तिलकराम खनालले एयरपोर्टका नाममा राजनीतिक दलहरूले पुरै बन्दकी बनाएको आरोप लगाए । उनले श्रीमानले रगत पसिना बनाएर कमाएको पैसाले श्रीमतीले १० वर्ष पहिले एयरपोर्ट नजिकै २ लाखमा घडेरी किनेको अहिले पनि त्यो एयरपोर्टका कारण त्यही २ लाखमा बिक्री हुने अवस्था नभएको  बताए ।

  उनले  एयरपोर्टका कारण टरिगाउँका नागरिकहरूले एक कठ्ठा जग्गा बिक्री गर्न नपाएको भन्दै आक्रोश व्यक्त गरे । ‘ यो एयरपोर्ट बन्छ, भन्ने मलाई लाग्दैन,‘ उनले भने,‘ अब चुनाव आउँदै छ । अब हामी एयरपोर्टको विकास गर्न पहल गर्छौ, भन्दै सबै आँउछन् । तर, यो एयरपोर्टको अवस्था उस्तै छ ।  गरुड आकाशमा उड्दा सर्पलाई  जमिनमा छायाँ परेको जस्तै एयरपोर्टका कारण यहाँका जनतालाई त्यस्तै छायाँ परेको छ ।’ त्यस्तै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर देखि अमेलियासम्मको सडकमा राज्यले ३१ मिटर बाहिर घर बनाउने भनेको भएयता पनि अहिले १५ मिटरको बाटो छैन् । राज्यले १५ मिटरको कर लिएको छ । उनले भने,‘ १५ मिटरको बाटोको कर लिने  । तर, ३१ मिटर भन्दा बाहिर घर बनाउन नदिने । यो कस्तो नियम हो । यस्तो हामीले कहिँलेसम्म समस्या भोग्ने ? ’

उनले यसरी जतनालाई समस्या पारेर राजनिति नगर्न आग्रह गर्दै यदि एयरपोर्टको विस्तार गर्न राजनीतिक दलहरूले नसकेमा सन्यास लिएर बस्न आग्रह गरे ।  यता तुलसीपुर उद्योग वाणिज्य संघले एयरपोर्ट विस्तारको दबाव दिनको लागि केही महिना अगाडि खुत्रुके अभियान शूरु गरेको थियो । उक्त अभियानमा हालसम्म ५ जना नागरिकहरूले आर्थिक सहयोग गरेको संघका अध्यक्ष राम प्रसाद चालिसेले बताए । उनले यो अभियानमा सहयोग गर्नको लागि विभिन्न ठाउँबाट नागरिकहरू तयार रहेको भन्दै पैसाको लागि भन्दा पनि राज्यलाई दबाव दिनको लागि अभियान शुरु गरेको उल्लेख गरे । 

त्यस्तै उनका अनुसार २०११ सालमा स्थापना भएको एयरपोर्टको हालसम्म साढे ७  मिटर मात्र कालोपत्रे भएको छ । जसले गर्दा सानो जहाज आउने र महंगो भाडा तिर्न बाध्य भएको भन्दै जिल्लाबाट नेतृत्व गर्ने राजनीतिक दलहरूले चासो नदिँदा पछाडि परेको उनले बताए । ‘ हामीले यसको लागि आवाज उठाउने काम गर्छौ,‘ उनले भने,‘ म भन्दा पूर्वध्यक्षहरुले पनि यसको बारेमा आवाज उठाउँदै आउनु भएको थियो । मैले पनि मेरो कार्यकालमा यसको आवाज उठाउँदै आएको छु । तर, अहिलेसम्म सुनुवाइ भएको छैन ।’

त्यस्तै उनले धावनमार्ग विस्तारको लागि संघले खर्च व्यहोर्ने गरी ५ दिन लगाएर नापजाचँ गरेको भन्दै करिब साढे १७ सय कुनै पनि संरचनाहरु क्षति नगरेर बनाउन सकिने इन्जिनियरले जानकारी दिएको समेत बताए । त्यस्तै उनले विकट ठाउँमा राज्यले अरबौ खर्च गरेर  एयरपोर्ट गराएको भएयता पनि सबै किसिमले मिलेको एयरपोर्टमा विभिन्न बहानामा टार्दै गएको भन्दै आपत्ति जनाए ।  त्यस्तै उनले यहि चैत अन्तिममा जिल्लाका सबै उद्योग वाणिज्य संघको टोलीहरु एयरपोर्ट विस्तारका लागि डेलिकेसन लिएर जानका लागिको र प्रधानमन्त्री,अर्थमन्त्री र पर्यटन मन्त्रीलाई भेट गर्ने समेत बताए ।

त्यस्तै राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा ९ अपार०ले  तुलसीपुरको एयरपोर्ट बन्नु पर्ने र त्यो पनि पहिले नै हुने पर्ने बताए । उनले अहिले सम्म एयरपोर्टको विकास नहुनुमा २ वटा कारण भएको बताए । उनले भने,‘ एउटा कारण डिपीआर गर्दा लागत बजेट ठुलो परिमाणमा देखाउँदा पनि हो । एयरपोर्ट नजिकैको चिरा पुरेर बनाउनको लागि ९ अरब लाग्ने अनुमाण गरिएको थियो । जसले गर्दा यहाँ त्यो लगानीले अर्को कुनै नयाँ ठाउँमा बन्छ, भन्ने बुझाइ पनि हो ।  त्यस्तै अर्को कुरा त्यो भन्दा कम बजेटले एयरपोर्टको विस्तार हुनसक्छ । तर, यहाँ राजनीतिक खिचातानीले गर्दा तुलसीपुर एयरपोर्टलाई भोट बैंकका रुपमा प्रयोग भएको छ ।’

त्यस्तै उनले अहिलेसम्म एयरपोर्ट विकास नहुनुको कारण पत्ता लगाएको अब यसको विकास हुने प्रक्रिया अगाडि बढ्ने र कसैले रोक्न नसक्ने पनि बताए । उनले अहिलेसम्म एयरपोर्टको विकास नभएका कारण यहाँका नागरिकहरूले विभिन्न आरोपहरु लगाउँदै आएको भएयता पनि अब यसको विकास हुने र जनताले लगाएका आरोपहरु खण्डित हुने समेत बताए । त्यस्तै यसको विकासका लागि विभिन्न निकायमा पहल गर्दै आएको भएयता पनि त्यो पहल नपुगेको भन्दै अव पहल पुग्ने र काम हुने उनको भनाइ थियो ।   

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार