नागरिक भन्छन्, कम्युनिष्ट हुँदा टिन पाइएनौँ, वडाध्यक्ष भन्छन्, हामीले सबैलाई आवश्यकता अनुसार दिएका छौँ ( भिडिओसहित )

Author Logo..
अनलाइन राप्ती २०७८ चैत्र १९ गते शनिवार


दाङ :  शान्तिनगर गाउँपालिका २ अमुवाकोट निवासी ७१ वर्षीय नन्दलाल विकको घरमा अगाडि विद्युतको पोल गाडिएको छ । तर, उनीहरूको घरमा अहिलेसम्म विद्युत जडान भएको छैन् । खरले छाएको सानो घर त्यसमा उनी र उनकी श्रीमती बस्दै आएका छन् । गाउँमा केही वर्ष अगाडिमात्र विद्युत पुगे पनि उनले आर्थिक अभावका कारण विद्युत जडान गर्न सकेका छैन् । जसले गर्दा उनी अहिले टुक्कीको उज्यालोमा जीवन बिताइरहेका छन् । अमुवाकोटमा करिब ४२ घरधुरीहरू बस्दै आएका छन् । सबैको घरमा विद्युत जडान भएको भएयता पनि आफूहरूले पैसाको अभावले गर्दा जडान गर्न नसकेको बताए ।

उनले भने,‘ म गरिब मान्छु हु ? घरमा बूढाबूढी मात्र बस्छौँ । रातको समय मेरो घर वरपर बत्ती झलमल्ल हुन्छ । तर, हामी टुक्की बालेर बस्छौँ । गाउँपालिका तथा वडाले निःशुल्क मिटर दिएको छ । तर, हामीले अहिलेसम्म पाएका छैनौँ । यो गरिब दुखीको सरकार भन्नु हाम्रो लागि रहेन छ । ’ उनका अनुसार चुवानमा विभिन्न पार्टीका नेताहरू आएर आफूहरूलाई धेरै सहयोग गर्ने भनेको भएयता पनि अहिलेसम्म पाइएको छैन् । त्यस्तै उनले अहिलेसम्म आफूले टिन नपाएको पनि गुनासो गरे । उनले आफूहरूले टिनको लागि पटक पटक वडामा निवेदन दिएरको वडाध्यक्ष सहितको टोली आएर सबै नापेर लगेको भएयता पनि अहिलेसम्म टिन नपाएको बताए ।‘

मैले ३-४ पटक टिनको लागि वडामा निवेदन दिए,‘ उनले भने,‘ अब पाइन्छ, भन्दै हामीलाई ढाँट्ने काम मात्र भयो । अहिले गाउँका केही व्यक्तिहरूले टिन पाए । त्यो पनि उनीहरु कांग्रेस भएकाले हामी कम्युनिष्ट भएका ब्यक्तिले पाएनौँ । के हामी यहाँका नागरिक होइनौँ । सरकार हामी सबैको होइन् ? ’ त्यस्तै उनले हामी जनता जुन पार्टीमा आस्था राखे पनि सरकारले दिने सेवा सुविधा सबैले पाउनु पर्ने समेत बताए । उनले आज एउटा पार्टीले वडा तथा गाउँमा जितेमा अरु पार्टीकोलाई सेवा सुविधाबाट बञ्चित गर्नु राम्रो पक्ष नभएको भन्दै सरकारका लागि जनता सबै एक भएको पनि बताए । त्यस ठाउँमा अहिले पनि अति विपन्न करिब १२ घरपरिवारले खरको छानो भएको घरमा बस्दै आएका छन् । वर्षामा पानीको डर र हिउँदमा आगोको डरले दिनहरू जिताइरहेको अर्की स्थानीय मोमिना मियाँले बताइन् ।

उनले पनि ३-४ पटक वडामा जाँदै टिनको लागि निवेदन दिइदै गर्दा १५ सय जति खर्च भएको बताइन् । उनले पनि घर नजिकैका व्यक्तिहरूले टिन पाएको भन्दै आफूहरू कम्युनिष्ट भएका कारण टिन नपाएको गुनासो गरिन् । त्यस्तै अर्का नुरबक्स मियाँले पनि टिन आउँछ, भन्ने पर्खीएर बस्दा अहिलेसम्म टिन नआएपछि गँहुको नलले घर छाएको बताए । उनले जनप्रतिनिधिबाट टिन दिने भन्दै पटक पटक आश्वासन पाएको भएयता पनि अहिलेसम्म नपाउँदा निराश भएको बताए । उनले भने,‘ हामी यहाँ धेरे मुस्लीम समुदायका छौँ । त्यसमा पनि हाम्रो वडा र गाउँपालिकामा कांग्रेसले जितेको छ । हामी कम्युनिष्ट भएर होला, अहिलेसम्म टिन पाउन सकेका छैनौँ ।’ पछिल्लो समय गाउँघरमा पनि खर नपाउँदा फुहरर चुहिने घरमा बस्न बाध्य भएको पनि बताए ।

उनले जनप्रतिनिधिहरुले आफै ठाउँमा आफ्ना पार्टीका व्यक्तिहरु घरमा खप्टाले छाएको घरमा पनि टिन दिएको भन्दै आफूहरू पटक पटक टिन मागेको भएयता पनि नदिएर जनप्रतिनिधिहरु अन्याय गरेको गुनासो गरे । त्यस्तै त्यही ठाउँकी मनिना मिँयाले पनि अहिलेसम्म टिन नपाएको गुनासो गरिन् । उनले पनि टिनको लागि पटक पटक वडामा गएको भएयता पनि अहिलेसम्म टिन नपाएको बताइन् । उनले आफू एकल महिला भएको र घरमा एक्लै बस्दै आएको बताइन् । उनले वडाबाट आएर घर नाप्दै लगेर गएको भएयता पनि अहिलेसम्म नपाएको बताइन् । उनले भनिन्,‘ छोरा अपांग छ । घरमा अरु कुनै कमाउने मान्छे छैनन् । वडाले टिन दिन लागेको भन्दै धेरै खुश थिए । तर, अहिलेसम्म पाइएको छैन् । टिन पाउँने आशले गर्दा खर पनि खोजिएन् । अव बर्खामा पानी आएपछि घर भत्किन सक्छ । मेरो खर किन्ने पनि उपाय छैन् । ’

त्यस्तै उनले आफूहरू जंगलको नजिकै बसेको हुँदा आगोको पनि जोखिम उस्तै रहेको बताइन् । उनले जंगली जनावरबाट पनि आफू पिडित भएको बताइन् । ‘हाम्रो ठाउँ विकट क्षेत्रमा पर्दछ,‘ उनले भनिन्,‘ यहाँ सिँचाईँको हुँदैन् । जग्गा जमिनमा केही अन्नपात रोपेका हुन्छौँ । जंगली बदेल र बादरले खाएर नोक्सान गरिदिन्छन् । हामीले धेरै समस्या भोग्दै आएका छौँ ।’ त्यस्तै अर्का स्थानीय अब्दुल मजित मियाँले गाउँमा पटक पटक जनप्रतिनिधि आएर टिन दिने भन्दै आश्वासन दिने गरेको भएयता पनि अहिलेसम्म नपाएको बताए । त्यस्तै उनले गाउँपालिका र वडाले अहिलेसम्म आफूहरू ठाउँमा कुनै विकास नगरेको बताए ।

त्यस्तै उनले आफ्नो ठाउँमा आउनेको लागि सडक निर्माणको लागि बजेट विनियोजन भएको भएयता पनि आफूहरू सिफारिसको लागि वडामा गएको भएयता पनि अहिलेसम्म सिफारिस नदिएको बताए । उनले भने,‘ म २०७४ सालमा एमालेबाट वडाध्यक्षमा उठेको उम्मेदवार हुँ । त्यो भएर पनि कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुले आफ्नो ठाउँमा सहयोग नगरेका होला । मेरो छोराको घर पनि खरले छाएको छ । तर, मेरो कारणले मेरा छोराले नदिए पनि यहाँका १०–१२ घरलाई त दिनु पर्ने हो । तर, उनीहरुले पनि अहिलेसम्म पाएका छैन् । ’

त्यस्तै उनले गाउँमा मानिसहरु स्थानीय सरकारले टिन दिने भन्दै भएको खर पनि गाईबस्तुलाई काटेर खुवाएको भन्दै अहिले खरको नहुँदा पुरानो खरको छाना हुँदा बर्खामा जोखिम बढेको बताए । उनले भने,‘ अहिले घरमा भएको खर कुइएको छ । प्रत्येक वर्ष खर छाउनु पर्छ । अब गाउँमा खर छैन् । बर्खामा पानी चुइन्छ । जसले गर्दा घरहरु पनि भत्किन सक्छन् । ’

यता शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष फर्साराम डाँगीले भने अहिले आफूहरूले आफ्नो पार्टीका कार्यकर्ताहरुलाई मात्र नदिएको बताए । उनले अतिआवश्यक परिवारहरुलाई टिन दिएको भन्दै उनीहरुले भनेको कुरामा कुनै सत्यता नभएको उल्लेख गरे । उनले भने,‘ माओवादी, कांग्रेस, एमाले सबैका कार्यकर्ताहरुले टिन पाएका छन् । हामीले कुन पार्टीको भन्दा पनि जुन अतिविपन्न तथा टिनको अति आवश्यक भएका परिवारहरुलाई प्राथामिकतामा राखेर टिन वितरण गरेका छौँ । तिनीहरु खरको छानो भएका पनि हुनसक्छन् । खप्टाले छाएको पनि हुनसक्छन् । मेरा लागि वडाका सबै जनता समान हुन् ।’

त्यस्तै उनले अहिले वडामा करिब १४-१५ घरलाई टिन वितरण गरिएको पनि बताए । शान्तिनगर गाउँपालिकामा १५८ घरपरिवारलाई टिन दिने संघीय सरकारबाट बजेट आएकोमा अहिलेसम्म १८७ घरलाई टिन वितरण गरिएको उनको भनाइ छ । उनले भने,‘ गत वर्ष वडा नं. १ मा टिन वितरण भएको थियो । तर, यस पटक दोस्रो किस्ता आएन् । अहिले ५,६ र ७ नम्बर वडामा टिन दिने कुरा भएको छ । अब आउने बजेटमा मेरा वडामा निवेदन दिएकाले टिन पाउँने छन् ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार