खुसी एकलौटी’ लिएर आए गायक रविन बिष्ट

Author Logo..
अनलाइन राप्ती २०७८ चैत्र ९ गते बुधवार


दाङ : नेपाली सुगम सङ्गीतको यात्रामा आफ्नो नवीन गीतको गायनसँगै आएका छन् गायक रविन बिष्ट। सल्यान जिल्लाको सदरमुकाम खलङ्गाका स्थाई बासिन्दा उनी पेशाले स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका युवा स्रष्टा हुन्। गीत हो ‘खुसी एकलौटी’।  ‍‍

खुसी एकलौटी कहाँ हुन्छ तिम्रो पनि हो मेरो पनि हो,
आँशु एकलौटी कहाँ हुन्छ, तिम्रो पनि हो मेरो पनि हो।

भनिन्छ नि मान्छे एक, प्रतिभा अनेक, मानिसमा अनेक प्रतिभाहरू लुकेर, खुम्चिएर वा पारिस्थितिक अवस्थाले गर्दा सिर्जनाको मूल फुट्न दिएको हुँदैन। समय कुनैबेला आउने रहेछ र त्यो यही समय भयो उनका लागि। श्रोता र दर्शकको लागि सुन्ने र हेर्ने गरी गीतको भिडियो पनि रिलिज भयो। लगाव राखे, झुकाव राखे र कर्म गरे फल अवश्य पाइन्छ भन्ने मान्यता राख्ने गायक रविनलाई सुगम सङ्गीतको यात्रामा अगाडि बढाउन गीतकार यादव उपाध्यायको गीत प्राप्त हुनु, संगीतकार तथा गायक चेतन राईसँगको सहकार्य र पुराना गायक तथा उनको जीवनका पूर्वार्धका दिनका शैक्षिक गुरु लक्ष्मण राई लगायतको हौसलाले महत्वपूर्ण भूमिका खेल्यो।

  गीतलाई चेतन राईको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ। गीतमा चर्चित युवा गायक चेतन राईले संगीत दिएका छन्। एरेन्ज सूर्य रुम्बाको रहेको छ भने अभिनयमा प्रनिमा दाहाल र प्रायद्वीप राईलाई देख्न सकिन्छ। शृंगार दिया रिजालले गरेकी हुन्। सहायक क्यामेरामेन विशाल थापा, प्रोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन् भने क्यामरा, भिडियो सम्पादन तथा निर्देशन फराज अर्पणको रहेको छ। यसको प्राविधिक पक्ष विशाल राईले हेरेका छन्। भिडियोको प्रस्तुतकर्तामा मुना बिष्ट रहेकी छन्। निर्माण पक्षले गीतको भिडियो हेरेर कलाकारलाई हौसला प्रदान गर्न र नेपाली गीत सङ्गीतलाई माया गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार