तुलसीपुरमा होली मिलन कार्यक्रम सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७८ चैत्र ४ गते शुक्रवार

दाङ :  तुलसीपुरमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अनलाइन टि भि पत्रकार संघ दाङ शाखाको मुख्य आयोजना तथा तुलसीपुर डान्स स्कुल र न्यु स्वर्गद्वारी ट्रेडर्सको सह  आयोजनामा भएको हो । अनलाइन  टिभी  पत्रकार संघ दाङ शाखाका सचिव एचआर मगरको अध्यक्षतामा एवं तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती मगरको  प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

 त्यस्तै  कार्यक्रममा निवर्तमान राष्ट्रिय सभा सदस्य कोमल वली,  तुलसीपुर डान्सर स्कुलका अध्यक्ष जागेश्वर वली लगायतले शुभकामना मन्तव्य राखेका थिए । , उक्त कार्यक्रम मा लोकदोहोरी गायक प्रेम विवश घर्ती, शान्तराम सेन्चुरी, डान्सर साबित्रा बिक , साखिरा घर्तीमगर लगायतकाले आफ्नो प्रस्तुति समेत राखेका थिए । कार्यक्रमको सञ्चालन अनलाइन टिभी पत्रकार संघ दाङ शाखाका सदस्य नवीन ओलीले गरेका थिए । कार्यक्रममा  अनलाइन टिभी पत्रकार संघ दाङ शाखाका सदस्य मदन बि क मुस्कानले स्वागत मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार