सीमावर्ती क्षेत्रमा कडाइ , नेपाल प्रवेश गर्दा  खोप कार्ड अनिवार्य

Author Logo..
अनलाइन राप्ती २०७८ माघ ६ गते बिहिवार


दाङ :   जिल्लामा पनि कोरोना संक्रमण बढ्दै गएपछि  भारतसँग जोडिएका जिल्लाका सीमावर्ती क्षेत्रमा कडाइ गरिएको हो । भारतसँग जोडिएको जिल्लाको कोइलाबास नाका हुँदै नेपाल प्रवेश गर्नको लागि  खोप कार्ड अनिवार्य गरिएको छ ।

कोरोना संक्रमित दिन प्रति दिन बढेकाले कोइलाबास नाका हुँदै  नेपाल प्रवेशका लागि शुक्रबारदेखि उक्त नियम लागू गरिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।  बिहीबार प्रजिअ रेग्मीको नेतृत्वमा सुरक्षाकर्मीहरूको टोली कोइलाबास नाका अनुगमनमा पुगेको थियो । 

त्यस्तै बिहीबार दाङका थप ४२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला आपत कालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ५५ जनाको पिसिआर परिक्षण गर्दा २४ जनामा र ७० जनाको एन्टिजेन परिक्षण गर्दा १८ जनामा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार