नेपालमा  १२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७८ माघ ६ गते बिहिवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार बढि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पिसीआर गर्दा १० हजार ५२ जना र ६ हजार ४९० जानको ऐन्टिजेन गर्दा २ हजार २८६ जना गरी १२ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  त्यस्तै सोही अवधिमा ६४९ जना निको भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ, भने हाल देशभर ५७ हजार ३२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  यिमध्ये ५५ हजार ८ सय ३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। १ सय ८६ जनाको आइसीयु र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार