पत्रकार एलबी विश्वकर्माको निधन

Author Logo..
अनलाइन राप्ती २०७८ माघ ६ गते बिहिवार

काठमाडौं : पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि ललितपुरको पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका विश्वकर्माको विहान तीन बजे मृत्यु भएको पारिवारिक स्रोत जनाएको छ ।

मृत्युको कारणबारे यकिन जानकारी आइसकेको छैन । स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछाम रामारोशन घर भएका विश्वकर्मा काठमाडौंमा पत्रकारितमा सक्रिय थिए । उहाँले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरेका थिए ।

विश्वकर्माको मृत्युप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।  उनको  निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको महासंघको निष्कर्ष छ । पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको भन्दै महासंघले यो अत्यन्त दुःखद् र गम्भीर विषय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार