यूएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल सहित ३ लाख रुपैयाँ जरिवाना हुने

Author Logo..
अनलाइन राप्ती २०७८ माघ ६ गते बिहिवार

यूएई :  भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) मा आएका विदेशी नागरिकहरूले काम गर्न नपाइने भएको छ। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम अर्थात् (३ लाख रुपैयाँ) जरिबाना हुने भएको छ।

दुबई पब्लिक प्रोसिक्युसनलाई उद्धृत गर्दै गल्फ न्युजका अनुसार यूएईमा विदेशी नागरिकहरूले बिना ‘वर्क परमिट’ काम गर्ने पाउने छैनन्। बिना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लङ्घन हो। यदि कामको अनुमति नलिई विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम जरिवाना हुनेछ ।

यसबाहेक अदालतले देश निकालाको आदेश पनि दिन सक्छ । यूएईमा भिजिट भिसामा प्रवेश गरेर काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनु पर्नेछ। निजी क्षेत्रका लागि वर्क अनुमति मानव संसाधन र एमिरेटाइजेसन (MOHRE) मन्त्रालयले जारी गर्ने बताइएको छ भने  सार्वजनिक क्षेत्र सरकारी मानव संसाधनका लागि संघीय प्राधिकरण (FAHR) ले जिम्मेवारी लिएको उल्लेख गरिएको छ। यी प्रत्येक सरकारी विभागहरू इमिरेट्स स्थानीय सरकारद्वारा सञ्चालित छन्।

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार