योगा हलको उद्घाटन

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १ गते शनिवार


दाङ :  राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर  ९ दोघरेको परिसरमा निर्माण गरिएको योगा हलको उद्घाटन गरिएको छ ।  राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर– ९ दोघरेले आयोजना गरेको  सातौँ  राष्ट्रिय योग दिवस तथा योग हल र सेवा विस्तार कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले गरेका थिए । 

सो अवसरमा नगर प्रमुख पाण्डेले ऋषिमुनिका सन्तान सिसी  मुनिबाट माथि उठ्नुपर्ने बताउँदै सर्वाङ्गीण विकासका लागि योग, ध्यान र भोजनमा ध्यान दिनुपर्ने बताए । ‘दूध, दही, हरियो साग खानुस् भन्दै घरघरमा जाँदा समेत मान्छेले किन्दैनन् । तर खान नहुने कुरा जाँड रक्सी लुकिलुकी भट्टी पसलमा गएर किनेर खान्छन्,’ उनले भने,‘ खानेकुरा किन्नुस् भन्दै घरघर जाँदा पनि नकिन्ने र खान नहुने कुरा खोजी खोजी किनेर खाँदा यसले हाम्रो शरीर पनि बिग्रियो । बानी पनि बिग्रियो । घरमा अशान्ति र कलह पनि भयो ।’

सर्वाङ्गीण विकासका लागि सकारात्मक सोच र विचारको आवश्यकता रहेको बताउँदै नगर प्रमुख पाण्डेले त्यसका लागि आहार, विहार र विचारमा परिवर्तन  ल्याउनुपर्ने बताए । ‘कोक, फ्यान्टा  भन्दा दूध, दही, मोही खोजौँ ।  बानी बनाउँ भन्दा आफ्नै भान्छामा पाकिसकेको रोटी र ढिँडोलाई मिठो मानेर खाउँ । अल्छि नमानेर योग, ध्यान गरौँ । जसले निरोगी बनाउँछ । मान्छे निरोगी र स्वस्थ भयो भने उसको सोच र बिचार सकारात्मक हुन्छ । जसले सर्वाङ्गीण विकासका लागि सहयोग  पु-याउछ  ,’ उनले भने ।

अस्पताल विकास समितिका अध्यक्ष नारायण कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद चिकित्सालय योग केन्द्र प्रमुख ओझ खड्का, योग प्रशिक्षक योगेन्द्र बहादुर शाह दीपक लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण डा. कैलाश न्यौपानेले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार