माघी पर्वको अवसरमा कांग्रेस दाङद्वारा शुभकामना 

Author Logo..
शरद रेग्मी  २०७८ माघ १ गते शनिवार

दाङ :  माघी पर्व तथा थारू सम्वत् २६४५ को अवसरमा नेपाली काङ्ग्रेस दाङले शुभकामना व्यक्त गरेको छ ।  नेपाली काङ्ग्रेस दाङका सभापति शंकर डाँगी र सचिव अर्जुन योगीले एक विज्ञप्ति जारी गरी माघीको अवसरमा शुभकामना प्रदान गरेका हुन् ।

 माघी पर्वको अवसरमा सम्पूर्ण दाङवासीमा शुभकामना प्रकट गर्दै जारी गरिएको विज्ञप्तिमा थारू समुदायको नयाँ वर्षको रुपमा रहेको माघी पर्वले सद्भाव कायम गर्ने शुभेच्छा प्रकट गरिएको छ ।  ‘थारू समुदायको नयाँ वर्ष तथा महान पर्व माघीले सद्भाव र सदाशयता कायम गर्दै सबैमा भाइचाराको सम्बन्ध कायम गरोस् ।’

जारी विज्ञप्तिमा उल्लेख छ । साथै कोरोना महामारी समुदायमा फैलिरहेको हुँदा स्वास्थ्यको मापदण्ड पालना गर्दै चाडबाड मनाउन समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । थारू समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ माघी पर्व मनाउने गर्दछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ ।  

यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।  माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी मान्यजनका घरमा गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । लुम्बिनी प्रदेशमा सरकारले माघ २ गते  सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार