माघी पर्व पर्वको अवसरमा मेयर पाण्डेद्धारा शुभकामना व्यक्त

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १ गते शनिवार


दाङ : तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले थारू समुदायको महान् चाड माघी पर्वका अवसरमा सम्पूर्ण नगरवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

थारू समुदाय सहित अन्य समुदायले समेत माघे संक्रान्ति पर्वलाई विशेष हर्ष र उल्लासका साथ मनाउने भएकाले यसको महत्व झनै बढेर गएको बताउँदै कोरोना सङ्क्रमणको जोखिम पनि बढेकाले विशेष सावधानी र सतर्कताका साथ मनाउन नगर प्रमुख पाण्डेले सबैलाई आग्रह गरेका छन ।

  ‘प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आआफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा भिन्न भिन्न ढंगले मनाउने प्रचलन समेत रहेको छ ।

जसले आपसी भाइचारा र सम्बन्धलाई झनै बलियो बनाउँदै लगेको छ ।’ नगर प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।  यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै नगर प्रमुख पाण्डेले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर माघी पर्व मनाउन नगरवासीलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार