स्वावलम्बन कृषि सहकारी संस्थाको कार्यालय उद्घाटन

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ३० गते शुक्रवार

 दाङ : शान्तिनगर  गाउँपालिका २ अमुवाको ढाकाचौरमा रहेको स्वावलम्बन कृषि सहकारी संस्थाको कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार  एक कार्यक्रमका बिच सहकारी संस्थाको कार्यालय उद्घाटन गरिएको हो ।  संस्थाका अध्यक्ष नेत्र बहादुर बूढा मगरको अध्यक्षतामा तथा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्यतामा कार्यालय उद्घाटन  कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार  माघ १ गते माघी पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित संस्थाको कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको भएयता पनि  जिल्लामा कोरोनाको संक्रमण दर बढिरहेको कारण स्थगित गरिएको अध्यक्ष बुढाले जानकारी दिए ।

 सरकारले जारी गरेको स्वास्थ्य  मापदण्ड पालना गरि सीमित ब्यक्तिहरूको उपस्थितिमा कांग्रेस जिल्ला सभापति डाँगीले  रिबन काटेर संस्थाको कार्यालय  उद्घाटन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार