तुलसीपुर ६ ले अतिआवश्यक बाहेकका सबै सेवा माघ ५ गतेसम्म बन्द गर्ने

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ३० गते शुक्रवार

दाङ :  कोरोना सङ्क्रमणका कारण तुलसीपुर उपमहानगरपालिका  वडा नं. ६ ले आउँदो माघ ५ गतेसम्म अतिआवश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार  विपत व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा वडा कार्यलयमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो  निर्णय  गरेको हो ।

साथै वडाबाट उपलब्ध हुने अतिआवश्यक बाहेकका सेवा सुविधाहरू अनलाइनबाट प्रदान गरिने भएको छ । कोरोना संक्रमण घर घरमा पुगिसकेकाले चेन ब्रेकका लागी ५ गतेसम्म बन्द गरिएको अध्यक्ष लामिछानेले बताए ।

त्यसैगरी कोरोना नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन, कोभिडका बिरामीको पहिचान, संक्रमण दरको अवस्था, वडा बासीलाई कोभिड खोपका लागि पहल गर्ने लगायतका निर्णयहरू समेत गरेको छ ।  वडामा अहिले ६५ जना कोरोना सङ्क्रमति छन् ।

तुलसीपुरमा सबैभन्दा बढी संक्रमण देखिएको वडा पनि यस वडा भएकाले पहिलो पटक सर्वपक्षीय बैठक बोलाएर केही समयका लागि अतिआवश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार