लेनदेन मुद्दामा फरार एक ब्यक्ति पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ३० गते शुक्रवार


दाङ :  दाङमा प्रहरीले लेनदेन मुद्दामा फरार एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ निवासी २८ वर्षीय राजेन्द्र गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गुप्तालाई दाङ जिल्ला अदालतले गुप्तालाई २०७७ साल पुस २९ गते  लेनदेन मुद्दामा २ वर्ष कैद फैसला तोकेको भएयता पनि उनी फरार रहेका थिए ।

उनलाई खोजतलास गर्दै जादा बिहीबार दिउँसो साढे ३ बजेतिर घोराही १५ तुलसीपुर चोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । त्यस्तै उनलाई शुक्रबार दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार