गढवामा मधेसी राष्ट्रिय  मुक्ति मोर्चाको वृहत सम्मेलन हुने 

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ३० गते शुक्रवार


दाङ :  नेकपा माओवाद केन्द्रको
भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल ( क्रान्तिकारी ) ले गाउँपालिका स्तरीय वृहत भेला गर्ने भएको छ ।  मधेसी राष्ट्रिय  मुक्ति मोर्चा नेपाल गढवा गाउँपालिकाका संयोजक देवराज यादवको अध्यक्षतामा बसेको बैठकले आउँदो माघ १५ गते मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको पहिलो गाउँपालिका सम्मेलन गढवा गर्ने निर्णय गरेको छ । 

नेकपा माओवादीको हालै सम्पन्न सबै तहको अधिवेशन पछि भातृ  सङ्गठनहरूको गठन  तथा आँउदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गाउँपालिका, वडा ,गाउँ तथा टोल स्तरीय कमिटी कार्य अन्तर्गत मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको वृहत सम्मेलनको आयोजना गरेको संयोजक देव राज यादवले बताए । 

सम्मेलनलाई  सफल बनाउन मुक्ति मोर्चाले राम दास यादव संयोजक रहेको आर्थिक उपसमिति, देव राज यादवको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, गठन गरेको छ । साथै बैठकले गढवा गाउँपालिका वाड स्तरीय मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको वडा संयोजक तथा उप संयोजक तोक्ने निर्णय गरेको छ ।

जस अन्तर्गत गढवा गाउपालिका वडा नं २ को संयोजकमा गया प्रसाद यादव, उपसंयोजकमा सन्तराम यादव, वडा नं ४ को संयोजकमा सुमिरन यादव, उपसंयोजकमा अतिउल्लाह मनिहार, वडा नं ५ मा संयोजक सरिता यादव र उपसंयोजक सालिक राम यादव, वडा नं ६ मा संयोजक सतगुर यादव, उप संयोजक गङ्गा यादव र वडा नं ८ को संयोजकमा सद्दाम सिद्धिकी र उपसंयोजकमा फिरोज मियालाई जिम्मेवारी तोक्ने निर्णय गरिएको मोर्चाका  उप संयोजक राम दास यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार