ट्याक्टरसँग अटो ठोक्किँदा एक  जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ३० गते शुक्रवार

दाङ :   दाङमा रोकिराखेको ट्याक्टरसँग अटो ठोक्किँदा एक  जनाको मृत्यु भएको छ,  भने अर्का एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा अटोमा सवार दंगीशरण गाउँपालिका  ४ का ५० वर्षीय दीपक बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । 

दुर्घटनामा  परी गम्भिर घाइते  भएका बुढाथोकीको उपचारको क्रममा बाँके कोहलपुरमा मृत्यु भएको हो ।  त्यस्तै दुर्घटनामा अटो चालक दंगिशरण ३ हेकुलीका २७ वर्षीय मनिष चौधरी गम्भिर घाइते भएका छन् ।

चौधरीलाई पनि तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ ।  तुलसीपुरबाट हेकुली तर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो हेकुली चोकमा रोकिराखेको रा १ त २८२२ नम्बरको ट्याक्टरसँग बिहीबार राती करिब ८ बजेतिर ठोक्किँदा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।  प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार