तुलसीपुरमा थप ४६ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २९ गते बिहिवार

 दाङ :   तुलसीपुरमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार पीसिआर परीक्षण गर्दा ११ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जना गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै तुलसीपुरमा हाल सक्रिय सङ्क्रमितको संख्या २४६ पुगेको उनको भनाइ छ । त्यस्तै बिहीबार ४१ जना कोरोना मुक्त भएको समेत उनले जानकारी दिए ।  तुलसीपुरमा मेट्रो अस्पताल र राप्ती प्रादेशिक तथा राप्ती आँखा अस्पतालमा ७० जनाको गरिएको कोरोना परीक्षणमा १९ जना पुरुष र १६ जना महिलामा कोरोना पुष्टि भएको केसीले जानकारी दिए ।

त्यस्तै  ४ जनामा फलोअपमा आएका व्यक्तिहरूमा पनि कोरोना पोजिटिभ देखिएको थियो ।  संक्रमित हुनेमा सबै भन्दा बढि  वडा नं. ६ का १२ जना रहेका छन् । त्यस्तै वडा नं. २ का १ जना, वडा नं. ३ का १ जना, वडा नं. ४  का ३ जना, वडा नं. ५ का ५ जना, वडा नं. ७ का ५ जना, वडा नं. ८ का ४  जना, वडा नं. ९ का २ जना, वडा नं. १० का २ जना र वडा नं. १८ का १ जना रहेको फोकल पर्सन केसीले जानकारी दिए । 

 संक्रमित मध्ये ५ जना विद्यार्थी , ४ जना शिक्षक,  ४ जना ,स्वास्थ्यकर्मी, १ जना पत्रकार र अन्य समुदायका २१ जना रहेका छन् । त्यस्तै  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार पीसिआर विधिबाट गरिएको गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्य ८ जनाको अस्पतालमा  उपचार भइरहेको छ, भने २३८ जना होम क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै तुलसीपुरमा संक्रमित हुनेहरू मध्य २ जना भारतबाट आएका, २७ जना स्वास्थयकर्मी , २ जना जनप्रतिनिधि, १४ जना कर्मचारी , ३३ जना शिक्षक, ७९ जना विद्यार्थी , ३ जना पत्रकार र १२७ जना समुदायका पेसा व्यवसाय नखुलेका रहेका छ ।  यसैगरी हाल सम्म १८ वटा  विद्यालय, ९ स्वास्थ्य संस्था र १ कार्यलयका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार