माओवादी विना देश चल्दैन : महरा

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २९ गते बिहिवार


दाङ :  नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्ण बहादुर महराले माओवादी विना यो देश नचल्ने बताए । बिहीबार तुलसीपुर उपमहानगरपालिका १८ वडाको पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा यस्तो बताए ।

उनले भने ,‘ अहिले पनि माओवादीहरूलाई सिध्याउने चाहन्छन् । माओवादीहरूलाई माथि उठ्न दिनु हुँदैन भन्ने तत्त्वहरू पनि छन् । तर, माओवादीका कारण आएको परिवर्तन कहिँले पनि सिद्धिँदैनन् । त्यो कहिँले पनि पछाडि फर्किदैन । तर, माओवादी नभए यो देश चल्दैन ।’ त्यस्तै उनले प्रधानमन्त्री शेर बहादुर देउवाले समेत माओवादी विना देशमा परिवर्तनको सम्भव नभए भनी एक कार्यक्रममा भनेको भन्दै माओवादी यो देशको महत्वपूर्ण शक्ति भएको समेत उल्लेख गरे ।

उनले माओवादी पार्टी श्रमिक जनताको पार्टी भएको समेत बताए । उनले माओवादी पार्टी वर्गीय रुपमा श्रमजीवी जनताको पार्टी भएको भन्दै यसलाई बिर्सन नहुने र पार्टी सर्वहारा वर्गीय विज्ञानप्रति कर्तव्य निष्ठ भएको दाबी गरे । उनले भने,‘ हामी सिद्धान्तमा हिँडेका छौँ । हामीले श्रमजीवी जनतालाई छोड्दैनौँ । काम गर्ने वर्गहरूको मुक्तको लागि कुरा गर्ने कम्युनिष्ट पार्टीहरू धेरै छन् । तर, उनीहरु भ्रम फैलाउँछन् । ’

त्यस्तै उनले अरु पार्टीले सिद्धान्त भन्दा पनि विकास निर्माणमा मात्र हेर्ने र एकछिन पछि सकिने भएकाले माओवादी पार्टीले सिद्धान्त र विकास निर्माणलाई सँगै लैजाने पार्टी भएकाले फरक भएको बताए । त्यस्तै उनले श्रमजीवी जनताको अधिकार प्राप्तीका लागि बुर्जुवा गर्वसँग अझै लडाइ जारी रहेका समेत बताए । शान्तिपूर्ण तरिकाबाट भएपनि अधिकारको लागि लडाइँ जारी रहेको उनको भनाइ थियो । त्यस्तै उनले हिजो माओवादी सानो भएको र अहिले विशाल हुँदै गएको समेत उल्लेख गरे ।

त्यस्तै फरक प्रसङ्गमा बोल्दै नेता महराले पार्टीले घाईते, अपांग तथा बेपत्ता पूर्व जनमुक्ति सेनाको लागि काम गर्दै आएको भएयता पनि अहिले त्यो विषयमा अन्तराष्ट्रिय लडाइ भएको बताए । उनले बेपत्ताहरूको लागि खोजबिन गर्ने कमिटी बनेको भन्दै त्यसले काम गर्न शुरु गरेको भएयता पनि एकथरी मानिसहरूले मेलमिलापमा नभइ यसलाई सजायका रुपमा लैजानु पर्छ भन्दै आएको बताए ।

उनले भने,‘ सशस्त्र द्वन्द्वका क्रममा मारिने र मार्ने बिचको द्वन्द्व समाधान गर्नुपर्छ, भन्ने हाम्रो धारणा हो । मेलमिलाप हुनुपर्छ भन्ने हो । तर, यहाँ एकथरिका मानिसहरूले मेलमिलाप भन्दा सजायमा लैजानु पर्छ भन्दै उचालेका छन् ।’

त्यस्तै उनले प्रधानमन्त्री शेर बहादुर देउवाले पनि ५ दलीय गठबन्धन चुवान सम्म मात्र नभइ चुवान भन्दा पनि पछि सम्म हुने भनेको भन्दै देशलाई असंवैधानिक कदम तर्फ तिर लग्ने तत्त्वहरूका विरुद्धमा गठबन्धन भएको बताए ।

उनले यो गठबन्धनबाट मात्र गठबन्धका विरोधीहरूलाई परास्त गर्न सकिने भन्दै गठबन्धनमा भएका पार्टीहरूसँग हात मिलाएर अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे । उनले अबको केही समयमा तिन वटै तहको चुनाव आउन लागेको भन्दै त्यसमा जित्नको लागि पनि तयार गर्न आग्रह गरे । उनले प्राविधिक रुपमा माओवादी पार्टी कमजोर भएको भन्दै सोझो रुपमा राजनिति गर्दा पछाडि परेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार