नक्कली प्रहरीको परिचय दिई ठगी गर्ने एक ब्यक्ति पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २९ गते बिहिवार

दाङ :   दाङमा प्रहरीले नक्कली प्रहरीको परिचय दिई ठगी गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  घोराही उपमहानगरपालिका १५ बस्ने ३९ वर्षीय राम बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बस्नेतले आफू नेपाली प्रहरीको  सीआईबीको सइ हुँ भन्दै  जिल्लाका व्यापारीहरूलाई ठगी गर्दै हिँडेको भन्ने उजुरी तथा गुनासोको आधारमा बुधबार दिउसो घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । साथै उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार