दाङमा ४३० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर २१ गते मङ्गलवार

 दाङ : दाङमा प्रहरीले ४३० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका १३ बखरीयाबाट ४३० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर १२ सितलपुर निवासी २२ वर्षीय सुवास केसी र तुलसीपुर ६ निवासी १८ वर्षीय सविन भनिने खुमबहादुर बिक रहेका छन् । उनीहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार