तुलसीपुर महोत्सव स्थल सरसफाइ

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर १८ गते शनिवार

दाङ : प्रथम ऐतिहासिक तुलसीपुर महोत्सव लाग्ने स्थलमा शनिबार सरसफाइ गरिएको छ । सरसफाइ अभियानमा नेपाली सेना, जनपथ प्रहरी, शसस्त्र प्रहरी, चेम्बरका पदाधिकारी लगायत सयौँको सहभागिता रहेको थियो ।
करिब डेढ बिघा क्षेत्रफल रहेको जग्गामा यत्रतत्र छरिएर रहेका फोहर जन्य सुर्ति, गुट्खा, काँचका टुक्रा टिप्नका साथै झाडी सफाइ गरिएको थियो ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको सरसफाइ अभियानको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए ।  स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नारासहित तुलसीपुर महोत्सव आउँदो पौष १ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने सञ्चार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।  महोत्सवमा ५ रोडको कारोबार हुने ३ लाख बढीले अवलोकन गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार