संघीयता आएपछि देश र जनता परिवर्तन नभइ नेता परिवर्तन भए

Author Logo..
प्रेम केसी २०७८ कार्तिक १२ गते शुक्रवार

 

हामी सबैलाई लागेको थियो । देशमा संघीयता आएपछि धेरै   परिवर्तन हुन्छ होला । तर, देशमा  परिवर्तन  भन्दा पनि नेताहरूमा मात्र  परिवर्तन भएको पाइन्छ । जनताको जुन त्याग र बलिदानबाट देशमा परिवर्तन भएको हो । त्यो अझै पनि महसुस गर्न नपाएका छन् । अझै पनि धेरै ठाउँहरूमा सडक, विद्युत सञ्चार, स्वास्थ्य, शिक्षा, यातायातको सेवा पाएका छैन् ।  

लामो समय देखि राज गर्दै आएको निरङ्कुश  राजतन्त्रको अन्त्य  गर्न हजारौं  शहीदहरूले गरेको त्याग बलिदान र तपस्या बाट प्राप्त  गरेको संघीय लोकतान्त्रिक  गणतन्त्र  नेपालको स्थापना  हुँदै ३ तहको सरकार  बन्यो । तर, ति वीर सहिदको परिकल्पना , आम नेपाली  जनताको आमूल परिवर्तन  र दिगो शान्ति होस भन्ने  चाहना  थियो ।

तर, विडम्बना देशमा राजनीतिक अस्थिरताले गर्दा जनताको नेताप्रतिको भरोसा  टुटिसकेको छ । यहाँ  सम्म आइपुग्दा हुने गरेको राजनीतिक अस्थिरताले गर्दा देशमा न सुशासन कायम भएको छ,  न त शान्ति, कानुन र नीति नियमको पालना भएको छ ।   हत्यारा  भ्रष्टाचारी संरक्षण  गुन्डागर्दी  संरक्षण  जस्ता गतिविधिले देश  अस्थिरतामा भासिदै गएको छ ।

केही न हुनु भन्दा केही विकास  निकास  त भएकै हो । तर, सँगसँगै भ्रष्टाचार , गुन्डागर्दी , आतंक पनि सँगसँगै मौलाउनु ले देश कुन दिशामा जाँदै छ,  भन्ने प्रश्न  यहाँ जोडिन्छ । माथिल्लो निकायको कुरा पछि जोडौँला हामी स्थानीयस्तरमा बस्ने भएकोले स्थानीय  सरकारको विषयमा केन्द्रित भएर अनुभव गर्दा स्थानीय  सरकार बनेको नि झन्डै  ५ वर्ष  पुग्न लाग्यो ।

तर, यो ५ वर्ष को अवधिमा मैले र म जस्तै आम जनताहरूलाई लागेको यथार्थ  कुरा   काठमाडौँको  सिंहदरबार  घर  आँगनमा त आयो ।  तर,  गरिब श्रमजीवी सर्वहारावर्गको घर  आँगनमा कहिले पनि आए । एउटा सामान्य काम को लागि सिफारिस  लिनु पर्दा  तिर्ने शुल्क पुँजीवादी  बर्ग जस्तो भएर महँगो महँगो शुल्क तिर्न बाध्य छौ।  

सर्वहारा श्रमजीवी जनता को शासन आएको  छैन जस्तो आभास हुन्छ। राजनीति जनता को  निःशुल्क सेवा गर्न का लागि गरिनु पर्ने यहाँ  प्रतिनिधिहरू मासिक  तलब र कार्यक्रम  भत्ता  खाएर महाराजा  बन्न खोज्नु ले कस्तो  राजनीतिक संस्कार कस्तो प्रवृत्तिको विकास होला।  यहाँ महँगो  पैसा  खर्च गरेर गरिने चुनावी  प्रवृत्ति  अन्त्य  न भए सम्म भ्रष्टाचार  मुक्त देश सुखी नेपाली समृद्धि  नेपाल को परिकल्पना  गर्न सकिने अवस्था छैन ।

त्यसैले आगामी निर्वाचन  एउटा  नमुना वार्ड पालिका नमुना गाउपालिका  नगरपालिका  हुँदै  देश लाई आर्थिक, विकास  निकास बेरोजगार लाई स्वरोजगार रुपमा  परिवर्तन  गर्न सक्ने  विभिन्न पार्टी  भित्रका इमान्दार निष्ठाबान कर्तव्यबोध नेतृत्व लाई आगामी निर्वाचन  बाट विजय बनाउँदै   संघीय  लोकतान्त्रिक  गणतन्त्र  लाई  विश्राम दिँदै  जनगणतन्त्र को स्थापना गर्दा देशलाई र राजनीतिक अस्थिरतालाई स्थिरता को मार्गदर्शन मा डो-याउन  मद्दत गर्दै आमुल परिवर्तन र दिगो सान्तीको रूपमा स्थापित हुने मा विश्वास  छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार