• २०७८ मङ्सिर २१ गते मङ्गलवार

साफ च्याम्पियनसिपको उपाधिको लागि आज नेपाल र भारत भिड्दै

Author Logo..
अनलाइन राप्ती २०७८ असोज ३० गते शनिवार

काठमाडौं : १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।                                                                                                             भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो। भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुलेको छ। नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित सात अंक प्राप्त गरेको छ।                                                                                                              भारत पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो भने श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। नेपाललाई १–० ले र आयोजक तथा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत फाइनल पुगेको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार