• २०७८ मङ्सिर २१ गते मङ्गलवार

दाङ जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २९ गते शुक्रवार

दाङ : दाङको बालापुर र बबईबाट छुट्टाछुट्टै ठाउँमा जुवा खेलेको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ बालापुरमा जुवा खेलेको आरोमा सोही ठाउँका रोशन डाँगी, नुमेश डाँगी, लोक बहादुर वली, दलबहादुर डाँगी, दंगीशरण गाउँपालिका–७ निबासी पूर्णबादुर डाँगी र वडा नं ५ निबासी कमल वली रहेको प्रहरी बताएको छ ।

दलबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलिले ६५ हजार नगद सहित राति १० बजे उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।यसैगरी पश्चिम दाङको बबई गाउँपलिकाबाट पनि जुवा खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बबई गाउँपालिका–२ सितापुर निबासी गोपाल शर्माको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले करिब २६ हजार नगद सहित उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बबई गाउँपालिका–२ निबासी दिपक श्रेष्ठ, दिलबहादुर विक, मनोज शर्मा, रुद्र सिह डाँगी, अनिल गौतम, दल बहादुर केसी, पंकज शर्मा, लालबहादुर जीसी, बीर बहादुर जिसी, राजकुमार शर्मा, डम्बर बहादुर गिरी, भुवन शर्मा, थलबहादुर वली, अम्मर केसी रहेको ईलाका प्रहरी कार्यालय पञ्चकुलेले जानकारी दिएको छ । प्रहरी निरीक्षक नविन चुडालको नेतृत्वमा गएको प्रहरी टोलिले उनिहरुलाई करिब साढे ११ बजे राति पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जुवा खेलको हेर्ने पनि परेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार