चार जना दृष्टिविहीन परिवारलाई ५० हजार सहयोग 

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २६ गते मङ्गलवार

दाङ :  तुलसीपुरमा विगत १० वर्ष देखि निकै कष्टकर जीवन बिताइरहेका एकै घरपरिवारका चार जना दृष्टिविहीन परिवारलाई दशैँको अवसरमा अमेरिका बाट थप ५० हजार सहयोग भएको छ । रिपोर्टस् क्लब दाङको संरक्षणमा तुलसीपुरमा बस्दै आएका पाँच जना दृष्टिविहीन परिवारलाई  सोमबार तुलसीपुर ९ बेलुवा निवास समाजसेवी भोजराज भण्डारी र आमा अनितादेवी भण्डारीका छोरा दीपक भण्डारीले अमेरिका बाट दृष्टिविहीन परिवारलाई दशैँको अवसरमा नगद ५० हजार रुपैयाँ सहयोग गरे ।

 बडा दशैँको अवसरमा रिपोर्टर्स क्लबका अध्यक्ष शरद रेग्मीको उपस्थितमा सोमबार करिब साँझ ८ बजे दृष्टिविहीन गणेश र आमा रूपा गन्धर्वको घरमै पुगेर भण्डारी परिवारले सो रकम हस्तान्तरण गरेका  थिए । सो अवसरमा दृष्टिविहीन गणेश गन्धर्वले रिपोर्टर्स क्लबले विगत १० वर्ष  देखि निरन्तर दशैँको अवसरमा आफूहरूलाई सहयोग गर्ने गरेको भन्दै दशैँको अवसरमा अमेरिका बाट सहयोग गर्ने सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस अघि आइतबार रिपोर्टर्स क्लबको समन्वयमा गन्धर्व परिवारको  घरमै पुगेर खाद्यान्न सहित  नगद रकम उपलब्ध गराएको थियो । केही नगद रकम र खाद्यान्न घरमै पाएका गन्धर्व परिवारले दशैँ आएको अनुभुति गरेको भन्दै खुसीले प्रफुल्ल भएर दशैँ विशेष गीत समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार