दसैँलाई दशा नबनाऔं नगर प्रमुख पाण्डे  

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २५ गते सोमवार


दाङ :  तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको आयोजनामा दशैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले दशैँलाई दशाका रुपमा  नमनाउन आग्रह गरे । अर्काले के खायो के लायो भन्दा पनि आफ्नो आर्थिक अवस्था हेरेर शान्तिपूर्वक दशैँ मनाउन नगर प्रमुख पाण्डेले सबैलाई अपिल गरे । 

शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उप प्रमुख माया आचार्य, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, नगर प्रवक्ता सूर्य बहादुर डाँगी श्याम, शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारी, शिक्षक महासङ्घका नगर अध्यक्ष ढकबहादुर वली,  नगर एन प्याब्सनका अध्यक्ष शालिकराम कार्की, नगर प्याब्सनका अध्यक्ष गिरिराज डाँगी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत मानबहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार