लुम्बिनी प्रदेश सरकारमा दाङका ४ मन्त्री

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २४ गते आइतवार


दाङ :  लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आइतबार ६ मन्त्री र ४ राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनबाट गत साउन २८ मा सात सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो। लुम्बिनीमा कांग्रेसका ४ मन्त्री र २ राज्यमन्त्री, माओवादीको मुख्यमन्त्रीसहित चार मन्त्री र दुई राज्यमन्त्री, जसपाका तीन मन्त्री, नेकपा (एकीकृत समाजवादी)का एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्री बनेका छन्।
त्यस्तै दाङबाट थप ३ जना प्रदेश सरकारमा मन्त्री भएका छन् ।

माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रीमा इन्द्रजित थारू, माओवादीबाटै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीमा विमला कुमारी खत्री र कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा अर्जुनकुमार श्रेष्ठ भएका छन् । यस अघि दाङका कांग्रेसको तर्फबाट डिल्ली बहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् । प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् । शपथ लिनेमा अन्य मन्त्रीहरू कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भू संरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसीउद्दिन खाँ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार