अपाङ्ग अध्ययन केन्द्रको भवन शिलान्यास

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २४ गते आइतवार


दाङ :  माध्यामिक विद्यालय कालाखोलामा अपाङ्ग अध्ययन केन्द्र भवनको शिलान्यास गरिएको छ । अध्ययन केन्द्रको शिलान्यास गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले समावेशी नमूना विद्यालयको रुपमा विकास गर्नुपर्ने बताए ।  विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि तुलसीपुर उपमहानगरपालिकाले ४ वर्षको अवधिमा निक्कै काम गरेको बताउँदै निर्वाचनमा गरेका बाचा मध्य अधिकांश कार्यान्वयनको चरणमा रहेको उनले बताए ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा छायाँ नेपालका निर्देशक कमल थापा, तुलसीपुर उपमहानगरपालिका ७ का वडा अध्यक्ष टोपबहादुर केसी, विद्यालयका प्रधानाध्यापक राजिभ ओझा,  सहायक प्रधानाध्यापक छविलाल न्यौपाने लगायतले बोलेका थिए । ६७ लाख  लागतमा  करेसाबारी सहित ६ कोठे भवन बन्ने भएको छ । यसैगरी कालाखोला माविको लाइब्रेरीको पनि नगर प्रमुख पाण्डेले निरीक्षण गरे । भवन एक वर्षमा सम्पन्न गर्ने सम्झौता भएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार