बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल तुलसीपुरमा सर्दै

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २१ गते बिहिवार

दाङ :  कोरोना विशेष अस्पताल बेलझुण्डी बाट राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सर्ने भएको छ । ६० बेडको आईसीयू सहितको भवन तयार गरी शुक्रबार उद्घाटन गर्न लागेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।अस्पतालका व्यवस्थापक वलीका अनुसार २० बेडको आईसीयू, १५ बेडको पीआईसीयू, १५ बेडको एनआईसीयू र १० बेडको एचडियू बेड गरी ६० बेडका तयारी अन्तिम अवस्थामा रहेकोले शुक्रबार उद्घाटन हुन लागेको छ । उद्घाटन  शुक्रबार बिहान ९ बजे हुने भएकोले सम्पूर्णलाई उद्घाटन कार्यक्रममा सहभागी हुन वलीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार