ईपीएलकाे फाइनलका लागि पोखरा र भैरहवा भिड्दै

Author Logo..
अनलाइन राप्ती २०७८ असोज २१ गते बिहिवार

काठमाडौं : इलिमिनेटर तर्फबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्न पोखरा राइनोज र भैरहवा आमुनेसामुने हुँदैछन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्न लागेका हुन् ।

बुधबार भएको खेलमा पोखरालाई पराजित गर्दै चितवन टाईगर्स पहिलो पटक फाइनलमा स्थान बनाइसकेको छ । यसअघि पोखरा पहिलो क्वालिफायरमा चितवनसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा भैरहवाले काठमाडौं किग्स-११ लाई १६ रनले पराजित गर्दै लगातार चौथो पटक फाइनल नजिक छ । फाइनल शनिबार हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार