राष्ट्रिय वाणिज्य बैंक तुलसीपुर शाखाले  दुई वटा एटीएम सञ्चालन ल्यायो

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १८ गते सोमवार


दाङ :   तुलसीपुरमा रहेको  राष्ट्रिय वाणिज्य बैंकले दुई वटा एटीएम सञ्चालनमा ल्याएको छ । जिल्लामै पहिलो पटक  बैंकले दुई वटा एटीएम सञ्चालन गरेको हो । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको गेट अगाडि तुलसीपुर शाखाले गत शुक्रबारदेखि एटीएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । जिल्लाका विभिन्न स्थान गरी ४ वटा स्थानमा शाखा विस्तार गरेको बैंकले सबै शाखामा एटीएम भएयता पनि तुलसीपुरमा सेवाग्राहीको मागलाई मध्यनजर गरेर दुई वटा एटीएम सञ्चालनमा ल्याएको बताएको छ ।

तुलसीपुर क्षेत्रमा विभिन्न बैंकका शाखाहरू भएयता पनि सेवाग्राहीको मागलाई मध्यनजर गर्न नसकेको भन्दै बैंकले सेवाग्राहीको मागलाई मध्यनजर र छिटो छरितो सेवा प्रदान गर्नका निमित्त एउटै शाखाले दुई वटा एटीएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार