लागूपदार्थ दुर्व्यसनी शीर्षकको सडक नाटक प्रदर्शन 

Author Logo..
लक्ष्मण बस्नेत  २०७८ असोज १४ गते बिहिवार

दाङ :  मेरिगोल्ड  इङ्गलिस बोर्डिङ स्कुल तुलसीपुर ७ मा अध्ययनरत छात्र र छात्राहरूले बिहीवार लागू पदार्थ दुर्व्यसनी सम्बन्धी  सडक नाटक प्रदर्शन गरेका छन् । लागू पदार्थ सेवनले मानव जनजिवन र सिङ्गो समाजमा पार्न सक्ने असर झल्काउन र कुलतको दलदलबाट युवा तथा बालबालिकालाई कसरी बचाउन सकिन्छ, भन्ने उद्देश्यले लागू पदार्थ दुर्व्यसनी शीर्षकको सडक नाटक प्रदर्शन गरिएको हो । विद्यालयका प्रधानाध्यापक बासुदेव रिजालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ७ का अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का  छात्र र छात्राहरूको अभिनय रहेको नाटक राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा प्रदर्शन गरिएको थियो ।

सो अवसरमा बोल्ने वक्ताहरूले प्रस्तुत नाटकले लागू पदार्थ दुर्व्यसनी न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि  केसी, राप्ती शान्ति उद्यान पार्कका अध्यक्ष डिल्ली भण्डारी, नयाँ पाइला पुनस्थापना केन्द्र बिजौरीका सञ्चालक सुरेश भुसाल, युवा समाजसेवी हरि खनाल, सौरव सुवेदी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक सोमराज बस्नेतले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार