वकिलबाट शिक्षक सम्म, ३१ वर्षदेखि निरन्तर अध्यापन गराउँदै यज्ञ सर…….

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १८ गते शुक्रवार

दाङ शान्तिनगर गाउँपालिका २ विष्णुपुर निवासी यज्ञ बहादुर वली सामाजिक शिक्षक हुन् । उनले २०४७ सालदेखि हाल सम्म अध्यापन गराउँदै आएका छन् । करिब ४ वर्ष सम्म वकिल पेसामा लागेको उनी त्यो पेसा छोडेर शिक्षक पेसामा लागेका थिए । उनलाई केही दिन अगाडि मात्र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला मै उत्कृष्ट सामाजिक शिक्षकमा रुपमा सम्मान गरेको छ । ३१ वर्ष सम्म शिक्षण पेसामा रहँदा के कस्ता समस्या, चुनौति र अनुभवहरू रहे भन्ने विषयमा अनलाइन राप्तीका प्रधान सम्पादक विकास डाँगीसँग गरिएका संक्षिप्त कुराकानी. ..

     जिल्ला कै उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुन पाउँदा कस्तो अनुभव भयो ?
आज म धेरै खुशी भएको छ । मैले ३१ वर्षको अवधिमा सम्मान पाएको पहिलो पटक हो ।
कहिले देखि शिक्षण पेसामा लाग्नु भयो । अहिले कहाँ अध्यापन गराउँदै आउनु भएको छ ?
म २०४७ सालदेखि शिक्षण पेसामा लागेको हु । अहिले पढाउँदै आएको ३१ वर्ष भयो । अहिले मैले जनकल्याण माध्यामिक विद्यालय सिम सुन्दरपुर दाङमा पढाउदै आएको छु । यो विद्यालय मै मैले शुरु गरेको हो । अहिले पनि यही विद्यालयमा छु । अब यही विद्यालयबाट बिदा हुने छु । कक्षा ६ देखि ९ सम्म सामाजिक विषय पढाउँदै आएको छु । मेरो दरबन्दी निमावि सम्म मात्र हो । तर, कक्षा ९ सम्म अहिले सम्म पढाउँदै आएको छु ।
३१ वर्षको अवधिमा शिक्षा कस्तो परिवर्तन पाउनु भयो ?
शुरुमा मैले पढाउँदै आएको विद्यालयमा कुनै सुविधा पनि थिएनन् । अहिले विद्यालयमा धेरै प्रगति भएको छ । प्रविधिको विकास पनि धेरै भएको छ । पहिले विद्यालयमा पढाउँदा कक्षा कोठाको अभाव, शैक्षिक सामाग्रीको अभाव हुन्थ्यो । अहिले धेरै सुविधाहरू थपिएका छन् । पहिले कालो पाटीमा चक र डस्टरले पढाउनु पर्दथ्यो, भने अहिले डिजिटल बोर्ड, कम्प्युटर शिक्षा लगायतका प्रविधिहरू आइसकेका छन् ।
कोरोना महामारीले विद्यालय बन्द भएका छन् । कस्तो महसुस भएको छ ?
कोरोना महामारीले गर्दा शिक्षा क्षेत्रमा ठुलो समस्या भएको छ । अहिले विद्यार्थीहरू विद्यालयमा आएर पढ्ने वातावरण पनि छैन् । तर, हामीले अनलाइन तथा टोल टोलमा शिक्षकहरू गएर शिक्षण सिकाइ गर्दै आएका छौँ । तर, प्रत्यक्ष विद्यालयमा पढाउँदा जस्तो प्रभावकारी हुँदैन । हामी शिक्षकहरूलाई पनि धेरै समस्या भएको छ । विद्यालय जाने पढाउने बानी बसेको छ । तर, अहिले विद्यालय नै बन्दा हुँदा समय कटाउन समेत गाह्रो भएको छ ।
तपाईंको शैक्षिक योग्यता कति छ । कहाँ पढ्नु भएको हो ?
मैले प्रावि तह अहिले पढाइरहेको विद्यालयमा पढेको हु । त्यसपछि मावि तह श्रीगाउँबाट गरेको थिए । त्यसपछि इन्टर नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट गरेको हु ।
तपाई यदि शिक्षक नभएको भए के हुनुहुन्थ्यो होला ?
शुरुमा म शिक्षक बन्छु भन्ने लागेको थिए । तर, मेरो कृषि क्षेत्रमा सेवा गर्ने इच्छा थियो । मेलै मावि तह सम्म पनि कृषि नै पढेको थिए । नेपालगन्ज पनि म आएसी एजी पढाइ हुन्थ्यो । त्यो पढ्नको लागि नै म नेपालगञ्ज गएको थिए । तर, दुर्भाग्य भन्नु पर्छ । नेपालगञ्जको खजुरामा भएको आएसी एजी भैरहवा सारिदियो । अनि मेरो कृषि पढ्ने सपना अधुरो रहेको थियो । पारिवारिक समस्याका कारण भैरहवा गएर पढ्न नसक्ने भएपछि म नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा ‘ल’ विषय पढे ।
वकिल  पढेको ब्यक्ति किन शिक्षक बन्नुभयो ?
मैले वकिल पढेपछि करिब ४ वर्ष यो रुकुमा बसेर पेसामा पनि काम गरे । तर, मलाई गाउँघरको मायाले गर्दा त्यो पेसामा धेरै टिक्न सकेन् । जसले गर्दा आफ्नो ठाउँमा आएर शिक्षक बने र अहिले सम्म अध्यापन गराउँदै आएका छु ।
वकिल र शिक्षकमा के फरक पाउनु भयो ?
आम्दानीको हिसाबले हेर्दा वलिक पेसा नै ठिक हो । तर, मलाई त्यो भन्दा पनि शिक्षक पेसाबाट नै आत्म सन्तुष्टि छु । शिक्षण पेसा सम्मानित पेसा हो । समाजले हेर्ने पनि छुट्टै छ । तर, आफुलाई पढाएका विद्यार्थीहरू ठुलो ठुलो पोष्टमा पुग्दा धेरै गर्भ लाग्छ । त्यो नै मेरो लागि ठुलो कुरा हो ।
शुरुमा शिक्षक हुँदा तलब कति पाइन्थ्यो ?
शुरुमा म शिक्षक हुँदा मेरो तलब ५९० रुपैयाँ पाएको थिए । तर, त्यो पैसाले नै सबै कुरा पुग्थ्यो । त्यति बेला खासै खर्च पनि हुदैन्थ्यो । त्यो नै धेरै लाग्थ्यो । अहिले ३०÷३५ हजार आउँछ ।
१० वर्ष अगाडि र अहिले सामाजको कस्तो परिवर्तन पाउँनु भएको छ ?
सामाजिक प्राणी परिवर्तन शिल कुराहरु छन् । १० वर्ष अगाडि भन्दा अहिले कतिपय कुराहरुमा विकृति भएको पाइन्छ, भने अहिले धेरै कुराको विकास पनि भएको छ । अहिलेको पछिल्लो पुस्तामा संगतका कारण नराम्रो बाटो फसेको पाइन्छ । त्यस्तै अभिभावकले पनि ध्यान नदिदाँ फसेको पाइन्छ ।
सामुदायिक विद्यालयको शिक्षा किन राम्रो हुँदैन ?
अहिले पछिल्लो समय धेरै सामुदायिक विद्यालयहरुको शिक्षामा सुधार भएको छ । विगतको भन्दा अहिले धेरै राम्रो भएको पाइन्छ । तर, पनि जति हुनु पर्ने हो । त्यति भएको पाइदैन्, । यो सुधारको लागि शिक्षकले मात्र गरेर हुँदैन । यसमा शिक्षक, विद्यालय, विद्यार्थी र अभिभाव एक साथ भएर अगाडि बढ्न सकेमा ठुलो समस्या होइन् । हामीले मात्र विद्यालयमा पढाएर हुँदैन । विद्यार्थीले पनि पढाइमा ध्यान दिनु प¥र्याे र अभिभावले पनि आफ्ना छोराछोरीको पढाईको बारेमा ध्यान दिए । शिक्षामा सुधार आउन सक्छ ।
सरकारी विद्यालयका शिक्षकहरू पढाइमा भन्दा राजनितिमा बढि ध्यान दिन्छन् भन्ने आरोप लाग्छ । के यो वास्तविक हो ?

त्यस्तो होइन् । कुनै पनि राजनितिक दलमा आस्था नभएको त म भन्न सक्दैन् । तर, विद्यालय मै रहेर सक्रिय राजनितिमा लागेको हाम्रो विद्यालयमा कोही छैन् । पहिला त हामीले हामी शिक्षक हो भननु बुझ्न् पर्दछ । तर, विद्यालय बाहिर कसले के गर्दछ । त्यो मलाई थाहाँ भएन् । तर, हाम्रो विद्यालयमा तपाई भने जस्तो शिक्षकहरुले विद्यार्थीहरुलाई नपढाएर राजनिति गरेका छैन् ।

३१ वर्षको अवधिमा कुनै दुखद र सुखद क्षण सम्झादाँ कुन दिनको आद आउँछ ?
दुख र खुशीका कुराहरु मेरो मनमा धेरै रहेका छन् । दुखका भन्नु पर्दा विद्यालयलाई मावि तह सम्म लैजाने क्रममा प्रतिस्पर्दा हुने गर्दथ्यो । एक पटक एसएलसीमा सोच भन्दा धेरै कम नतिजा आएपछि धेरै दुख लागेको थियो । आफुहरुले पढाएको विद्यार्थीहरुले राम्रो अंक ल्याउन नसक्दा विद्यालयसंगै शिक्षकहरुको मनोवल पनि घटेको थियो । त्यो कुरा अझै पनि मनमा आइरहन्छ । हामीले एक वर्ष सम्म पढाउँदा किन विद्यार्थीले राम्रो नतिजा ल्याउन सकेन् । त्यस्तै खुशीको क्षण भन्दा त्यसको २/३ वर्ष पछि सबैले मेहेनत गर्दा जिल्ला मै टप आएपछि धेरै खुशी लागेको थियो । त्यस्तै आफुले पढाएका विद्यार्थीहरू हिजो आज धेरे ठुला– ठुला पोष्टमा पुगेको देख्दा धेरै खुशी लाग्छ । करिब ३१ वर्ष सम्म मेहेनत खेरा गएको रहेन छ, जस्तो लाग्छ । त्यस्तै अहिले प्रदेश सरकारले जिल्लाको उत्कृष्ट शिक्षकका रुपमा सम्मान गर्दा धेरै खुशी लागेको छ ।
सरकारी विद्यालयमा राजनितिक प्रभाव हुन्छ, तपाईंको विद्यालयमा कस्तो छ ?
हाम्रो विद्यालयमा कुनै पनि राजनितिक प्रभाव छैन् । त्यो हुनु पनि दिनुहुदैन् । तर, विद्यालय बाहिर हुन सक्छ विद्यालयमा भने प्रभाव छैन् । शिक्षकहरुको आ– आफ्नो राजनितिक आस्था हुन सक्छ ।
अब शिक्षक पेशाबाट बिदा भएपछि राजनिति कि कृषी तिर लाग्नु हुन्छ ?
म राजनिति तिर लाग्दैन् । राजनितिक विचार नभएको त होइन् । अब आफ्नै घर ब्यवसाय हेर्ने मन छ । सरकारले नै अब तेरो काम सकियो, भनेर बिदा गरेपछि फेरि किन राजनितिक तर्फ लाग्नु । बरु माग समय र माग अनुसार परिआएमा शिक्षातर्फ सहयोग गर्न सकिन्छ । फेरि घरमा छोरी बुहारी पनि शिक्षक नै छन् । मैले नै पठाएको छोरा अहिले माविको विज्ञान शिक्षक भएको छ, भने बुहारी पनि प्रावितहको शिक्षिका छन् । अब मेरो काम घर ब्यवहारर नै हेर्ने हुन्छ ।

 अन्त्यमा के भन्नु हुन्छ  ?
अरु त्यस्तो भन्ने केही पनि छैन् । जुन प्रदेश सरकारले मलाई ३१ वर्ष पछि जिल्लामा उत्कृष्ट रुपमा सम्मान गरेको छ । प्रदेश सरकारलाई पनि विशेष धन्यबाद दिन चाहन्छु । त्यस्तै विशेषगरी तपाईँहरूलाई  मेरो घर सम्म आएर मेरा बोरमा जानकारी लिएकोमा धन्यबाद दिन्छु । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार