देउवाको भिडियो सन्देश

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १८ गते शुक्रवार

फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसम्मत वा स्वास्थ्य प्रतिस्पर्धा मार्फत् अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन्।  आजदेखि सुरु हुने पार्टीको वडा अधिवेशनको अवसरमा शुभकामना दिँदै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउन कार्यकर्तालाई आग्रह गरे। उनले महाधिवेशनमा औपचारिक रुपमा सुरु भएकोमा आफूलाई खुसी लागेकाे बताएका छन्। देउवाले भनेका छन्, ‘ आज म निकै खुसी छु आठलाख भन्दा बढी क्रियाशिल सदस्यहरु भएको कांग्रेसको आजदेखि १४औँ महाधिवेशनको औपचारिक सुरु भएको छ। संवैधानिक बाध्यता अनुसार कोरोना महामारीका बीच महाधिवेशन गर्नु परेको छ। सामाजिक दुरी कायम गरी कार्यक्रम गर्न अनुरोध गर्दछु।’

https://www.facebook.com/onlinerapti/videos/323096456273834

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी रहको देउवाको भनाइ छ। भिडियो सन्देश जारी गर्दै देउवाले भनेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ। त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु।’ कांग्रेसको विगतको योगदान, जनताको भरोसा, परिपक्वता  र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार