नेपालमा कोरोना संक्रमण दर उकालो लाग्दै, थप ३८४० संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७८ साउन १३ गते बुधवार

 

काठमाडौं :  नेपालमा कोरोना संक्रमण दर फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४० संक्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७५८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार