राप्ती समाज टोकियोको अध्यक्षमा विश्वकर्मा

Author Logo..
अनलाइन राप्ती २०७८ असार २९ गते मङ्गलवार

टोकियो : राप्ती समाज जापानको टोकियोमा सम्पन्न तेस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट मनराज विश्वकर्माको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । आइतबार टोकियोमा सम्पन्न अधिवेशनमा कार्य समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश ओली, उपाध्यक्षहरू आयुष्मा पुन मगर ,कमल सोनी, शिवराज भट्टराईमहासचिव पञ्चबीर चौधरी सचिव हरिभक्त ओली ,सह सचिव विश्व प्रताप बूढा मगर, कोषाध्यक्ष युवक शाही ,सह कोषाध्यक्ष सुरेश पोख्रेल, प्रवक्ता सुगम बस्याल ,(आरएनजे ) प्रमुख कमल बाठा मगर र सदस्यहरू किरण घर्ती मगर, गोपाल खड्का ,सावित्री श्रेष्ठ  ,शंकर  केसी ,जानकी अधिकारी, रोशनी  कठायत, प्रकाश श्रेष्ठ ,शिवराज बिक ,सुन्दर शाह  ,सुन्दर अधिकार ,नविन खत्री शिवराज भट्टराई लाई चयन गरेको प्रवक्ता बस्यालले जानकारी दिए  । त्यस्तै २ जना नयाँ सदस्य पछि मनोनित हुने जनाएको छ । त्यस्तै अधिवेशनले ९ सदस्यीय सल्लाहकारमा चयन गरेको छ ।

जसमा तारा प्रकाश बूढा मगर, रबि  पुन ,शरद  पोख्रेल, राजन केसी ,विष्णु पौडेल,धनबीर सोनी, केशव भण्डारी ,पदम प्रसाद भट्टराई ,शोभानसिंह खड्का रहेका छन् ।अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गरिएको थियो । त्यस अवसरमा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो, भने विधानलाई सर्वसम्मत रुपमा केही परिमार्जित गरिएको थियो । अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीवासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिइएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीवासीलाई एकजुट भई राप्तीको विकासमा जोड दिने प्रस्तावलाई अधिवेशनले पारित गरेको छ ।कार्यक्रममा राप्ती समाज जापानका संरक्षक विश्वेश्वर रेग्मीको प्रमुख आतिथ्यता रहेको निवर्तमान महासचिव प्रकाश ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार