घोराहीमा अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ असार ९ गते बुधवार

दाङ :  घोराहीमा प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १५ बुद्धि ग्यारेज बस्ने १९ वर्षीय डेबिट पुन रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनी विरुद्ध प्रहरी कार्यालयमा आइतबार अभद्र व्यवहार कसूर सम्बन्धी मुद्दा दर्ता भएको थियो । विभिन्न समयमा फेक आईडीहरु खोली महिलाहरूको फोटो राखी फेसबुक, टिकटक मार्फत अश्लिल शब्दहरू लेखी पोष्ट गरी चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पीडित सँग हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा  पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी मुकुन्द रिजालले जानकारी दिए । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको र  सामाजिक सञ्जालमा कोही कसैले व्यक्तिगत विवरणको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेमा प्रचलित ऐन बमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिइएको छ । त्यस्तै यस्तो कार्य नगर्न र गरेको पाइएमा प्रहरीलाई सूचना दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार