बंगलाचुली गाउँपालिकाद्वारा खेलाडीहरू सम्मानित

Author Logo..
अनलाइन राप्ती २०८२ असार २१ गते शुक्रवार

दाङ : बंगलाचुली गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल चार जना विद्यार्थी खेलाडीलाई सम्मान गरेको छ। शुक्रबार गाउँपालिकाको कार्यालय कमिरेचौरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो। सम्मानित खेलाडीहरूमा हिमाल वली, डोमा जिसी, अस्मिता बुढामगर र आशा भुसाल रहेका छन्।

हिमाल वलीले लुम्बिनी प्रदेशस्तरको ३ हजार मिटर दौडमा रजत, जिल्लास्तरको ३ हजार मिटरमा स्वर्ण र १५ सय मिटरमा रजत पदक जितेका थिए। डोमा जिसीले प्रदेशस्तरको ३ हजार मिटर दौडमा कास्य र जिल्लास्तरमा रजत पदक हात पारिन्। अस्मिता बुढामगरले जिल्लास्तरमा ३ हजार र ८ सय मिटर दौडमा कास्य पदक जितिन् भने आशा भुसालले जिल्लास्तरको ज्याव्लिन थ्रो मा स्वर्ण पदक प्राप्त गरिन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगर, उपाध्यक्ष भक्तबहादुर जिसी, शिक्षा शाखा प्रमुख ओमप्रकाश केसी लगायतले खेलाडीहरूलाई सम्मान गरे। अध्यक्ष पुनमगरले खेलाडीहरूको सफलतामा बधाई दिँदै यस्तो सम्मानले उनीहरूलाई खेलकुदमा अझ अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे। उपाध्यक्ष जिसीले पनि सम्मानले खेलाडीहरूमा थप उत्साह थपिने उल्लेख गर्दै निरन्तर लक्ष्यमा लागिरहन सुझाव दिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार