कुलिङ पिरियडमा भएको चलखेल अक्षम्य अपराध : शेखर कोइराला

Author Logo..
२०८२ असार १८ गते मङ्गलवार

काठमाडौँ : नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य नरहेको बताएका छन्।मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले राजनीति गर्ने नभई गन्धा खेल खेल्ने काम भइरहेको बताए। संसद्को समितिबाट सर्वसम्मत पास भएको विषय संसद्मा आउँदा हेरफेर हुनु गल्ती नभई अक्षम्य अपराध भएको बताए।

उनले गलत काम गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानूनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो तर प्रतिनिधिसभाबाट पास गर्ने समयमा उक्त विधेयकमा नियुक्ति खान पाउने गरी व्यवस्था गरिएको छ। यसको चौतर्फी आलोचना भइरहेको छ।

थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार