दंगीशरण गाउँपालिकाको बजेट सर्वसम्मत पारित

Author Logo..
अनलाइन राप्ती २०८२ असार १३ गते बिहिवार

दाङ :  दाङको दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाको १९ औं गाउँसभाको तेस्रो बैठकले बिहीवार बजेट पारित गरेको हो। मङ्गलवार गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले सभामा बजेट तथा वार्षिक कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

सभाले आर्थिक ऐन २०८२, बिनियोजन ऐन २०८२, तथा मटवा प्रणाली संरक्षण, प्रवर्द्धन र विकाससम्बन्धी विधेयकसमेत सर्वसम्मत रूपमा पारित गरेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारी दिए। यसअघि आइतवार बसेको गाउँसभाको अधिवेशनमा अध्यक्ष गिरीले १९५ बुँदा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार