दंगीशरणमा सिकलसेल स्क्रिनिङ कार्यक्रम सुरु

Author Logo..
अनलाइन राप्ती २०८२ असार १२ गते बुधवार

 दाङ  : दंगीशरण गाउँपालिकाले सिकलसेल एनेमिया रोग पहिचान तथा जनचेतनाका लागि स्क्रिनिङ तथा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। बुधबारदेखि सुरु भएको उक्त कार्यक्रम गाउँपालिकाका तीन विद्यालयमा सञ्चालन भइरहेको छ। पहिलो दिन दंगीशरण–७ स्थित माध्यमिक विद्यालय मधपुरमा कार्यक्रम सम्पन्न भएको हो।

विशेषगरी थारु समुदायमा बढी देखिने सिकलसेल एनेमियाको पहिचान तथा रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीले जानकारी दिए। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफू निर्वाचित भएदेखि नै यो रोग नियन्त्रणका लागि बजेट छुट्याउँदै आएको बताए।

“थारु समुदायमा यो रोग बढी देखिने भएकाले विद्यालयमा अध्ययनरत थारु विद्यार्थीहरूको रक्त नमुना संकलन गरी स्क्रिनिङ गरिँदैछ,” अध्यक्ष गिरीले बताए। १० देखि १९ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको हो। असार १३ गतेसम्म दंगीशरण–७ स्थित सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँ र वीरेन्द्र नमुना माध्यमिक विद्यालय हेगुलीमा पनि कार्यक्रम सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार