अमेरिकी प्राध्यापकद्वारा राप्ती आँखा अस्पतालको अवलोकन

Author Logo..
अनलाइन राप्ती २०८२ जेष्ठ ३२ गते शुक्रवार

दाङ : अमेरिका स्थित विश्वविद्यालयका प्राध्यापक प्रोफेसर थॉम कोस्कले नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत रहेको राप्ती आँखा अस्पतालको अवलोकन गरेका छन्। तुलसीपुर उपमहानगरपालिकामा रहेको यस अस्पतालको निरीक्षणका क्रममा उनले अस्पतालले गरिरहेको सेवा कार्यको प्रशंसा गर्दै भावी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रोफेसर कोस्कलाई अस्पताल पुग्दा सहायक प्रोफेसर डा। रञ्जित कुमार साह, प्रशासकीय अधिकृत शालिकराम गौतम, दृष्टि विशेषज्ञ ओम प्रकाश यादव लगायतले स्वागत तथा सम्मान गरेका थिए। राप्ती आँखा अस्पतालले गरीब तथा अति विपन्न वर्गका बिरामीहरूलाई गुणस्तरीय सेवा दिँदै आएकोमा खुसी व्यक्त गर्दै कोस्कले भने, दूरदराजबाट आएका वृद्धवृद्धाहरूको हराएको दृष्टि फर्काउन अस्पतालले पुर्याएको योगदान प्रशंसनीय छ।

उनले अति विपन्न वृद्धवृद्धाहरूको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पताललाई नगद सहयोग समेत गरेका छन्। प्रोफेसर कोस्कलाई अस्पताल भ्रमणमा ल्याउन सहयोग गर्ने सहजकर्ता तथा तुलसीपुरकी महिला उद्यमी सपना बस्नेतले अस्पतालको सेवा प्रणाली र प्रभावबारे जानकारी दिन खोजेकाले उनीहरूलाई यहाँ ल्याइएको बताइन्। अन्त्यमा, प्रोफेसर कोस्कले आगामी दिनमा राप्ती आँखा अस्पताललाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार